भारतीय अर्धसैनिकद्धारा अबैध समान बरामद

बिन्दु कुमार चौहान
३० फागुन,लुम्बिनी । नेपाल भारतको खुल्ला सीमानाकाको प्रयोग गरि नेपाल भित्रयाउन थालिएका पाँच लाख मुल्य बराबरको मोबाईल भारतीय अर्ध सैनिकबल (एस.एस.बी फोर्स ) ले बरामद गरेको छ ।
बीओपी एसएसबीफोर्स ककरहवाले दिएको जानकारी अनुसार भारतबाट नेपाल लैजान लागिएको बेला गोप्य सूचनाको आधारमा ५७ थान मोबाईल सेट एक थान स्पेलेण्डर मोटरसाईकल सहित लुम्बिनी साँस्कृतिक नगरपालिका भगवानपुर निवासी प्रदीप कलवारलाई पक्राउ गरिएको हो ।
यसै गरि एक लाख मुल्य बराबरको १८ बोरा मटरदाल र सात थान साईकल सहित धमेन्द्र नामको भारतीय नागरिकलाई पक्राउ गर्ने क्रममा अन्य ६ जना ३७ नं. पीलर हुदै भाग्न सफल भएको एसएसबी फोर्स ककरहवा बीओपी ईन्चार्ज कमलेश यादवले बताए ।
पक्राउ परेको दुई ब्यक्ति तथा सरसमान सहित ककरहवा सीमाशुल्क निरीक्षक बिमल यादवलाई आवश्यक कार्यवाहीका लागि बुझाइएको ईन्चार्ज यादवको भनाई छ ।
उनले सीमा क्षेत्रमा बढिरहेको तस्करी तथा आपराधिक गतिबिधी रोक्न दुबै देशको सीमासुरक्षा बल बीच समन्वय तथा सहकार्य आवश्यक रहेको सुझाव समेत दिए ।