बुटवलको कलिकानगरमा बम, सेनाको डिस्पोजल टोलीले घटनास्थलमा

३० फागुन, बुटवल । बुटवलको कालिकानगरमा बम फेला परेको छ । कालिकानगर स्थित कालिका चोकमा रहेको सडक ब्रेकरमाथि अज्ञात समुहले बम राखेको हो ।

घटनास्थलमा अहिले ठुलो संख्यामा प्रहरि परिचालन गरिएको छ । सेनाको बम डिस्पोजल टोलि पनि घटनास्थल पुगेको प्रहरिले जनाएको छ ।

आजै बिप्लव समुहले बन्दको आव्हान समेत गरेकाले वम पनि सोही समुहले राखेको हुन सम्ने प्रहरीले आशंका गरेको छ । राजमार्गमा बम फेला परेपछि अहिले राजमार्गमा आवतजावत पुर्णरुपमा ठप्प छ भने स्थानियहरु त्रसित छन ।