बिनोद बने प्रदेश स्तरीय शारीरिक सुगठन प्रतियोगिताको च्याम्पियन

स्वस्तिक श्रेष्ठ
२६ फागुन, बुटवल । भैरहवाका बिनोद सुनार रुपन्देहीमा सम्पन्न दोस्रो बुद्ध क्लासिक प्रथम प्रदेशस्तरीय (४ र ५) शारीरिक सुगठन, मेन्स फिजिक एण्ड बुमेन्स फिजिक प्रतियोगिता २०७५ को च्याम्पियन बनेका छन । शनिबार भएको फाईनल प्रतिस्प्रर्धामा ७० केजी तौलसमुहसंगै ओभरअल तर्फ टाईटलमा सुनार च्याम्पियन बन्न पुगे ।

बडिबिल्डिङ्ग स्टोरको सहयोगमा बडिबिल्डिङ्ग एण्ड फिटनेश एसोसियसन रुपन्देहीले बुटवलमा प्रतियोगिता आयोजना गरेको प्रतियोगितामा उपाधिसंगै उनले नगद ५० हजारसहित ट्रफि, मेडल, प्रमाणपत्र प्राप्त गरेका छन ।

यसैगरि ५५ केजी तौल समुहमा डि–जायन्ट फिटनेश पोखराका नरजंग सुब्बा गुरुङ्ग प्रथम, ६० केजी तौल समुहमा एक्ट्रिम फिटनेश रुपन्देहीका नेत्र बहादुर थापा प्रथम, ६५ केजी तौल समुहमा एक्ट्रिम फिटनेश रुपन्देहीका मान बहादुर राना प्रथम, ७० प्लस केजी तौल समुहमा ब्रोन्जर फिटनेश एण्ड हेल्थ क्लब पोखराका किरण श्रेष्ठ प्रथम भएका थिए । प्रत्येक तौल समुहमा विजेता भई अन्तिम प्रतिस्प्रर्धामा पुगेका खेलाडीले नगद १०–१० हजारसहित ट्रफि, मेडल, प्रमाणपत्र प्राप्त गरेका छन ।

यसैगरि प्रतियोगिताको मेन्स फिजिक्स १ सय ७० सेमीभन्दा कम उचाईतर्फ पावर जिम रुपन्देहीका राम नाथ कुवंर प्रथम भएका छन । यसैगरि चित्र बहादुर थापा दोस्रो तथा पावर जिम रुपन्देहीका आमोश पुन तेस्रो भएका छन । मेन्स फिनिक्सकै १ सय ७० केजीभन्दा माथि उचाईतर्फ ए.ए. फिटनेश रुपन्देहीका सुबिन बिक प्रथम भएका छन ।

यसैगरि कृष्ण जिम बुटवलका सुमन चौधरी दोस्रो र निर्बोध एरोबिक एण्ड फिटनेश बुटवलका आशिष प्रधान तेस्रो भएका छन । महिला फिजिकतर्फको उपाधि निर्बोध एरोबिक एण्ड फिटनेश बुटवलकी मंजिला राजभण्डारीले हात पारेका छन । यसैगरि रत्नश्री जिम पोखराकी पवित्रा चौधरी दोस्रो भएकी छिन ।

प्रतियोगिताले ४ पोजहरुमा प्रतिस्प्रर्धा गरेका थिए । शरीरका बिभिन्न कोणबाट मूल्याकन गरि उत्कृष्ट घोषणा हुन्छ । उपाधि मेन्स फिजिक्स तथा विमेन्स फिजिक्सतर्फको विजेताले नगद १०–१० हजारसहित ट्रफि, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिएको एसोसियनका अध्यक्ष अर्जुन बिकले बताए । प्रतियोगितामा प्रदेश ४ र ५ का एक सय खेलाडीहरुले प्रतिस्प्रर्धा गरेका थिए ।

गतवर्ष आयोजना भएको पहिलो लुम्बिनी अञ्चलस्तरीय प्रतियोगितामा बुटवलका सुमित रानाले उपािध चुमेका थिए ।

एक कार्यक्रमका बिच उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री लिला गिरी, प्रमुख निर्णायक राजेन्द्र तुलाधर, निर्णायक सम्भु अधिकारी, शिवलाल श्रेष्ठ, केशव नागा, तिरण गौतम, रेणु श्रेष्ठ, राजकुमार गुरुङ्ग, खेल संयोजक बिजेन्द्रमान श्रेष्ठले विजेता, उपविजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।