बन कर्मचारीको संलग्नतामा सामुदायिक बनउपभोक्ता समितीबाटै काठ तस्करी

बिन्दु कुमार चौहान
३० गैडहवा, फागुन । बनजंगल जोगाउन राज्यले सामुदायिक बनको अवधारणा ल्याएता पनि रुपन्देहीमा सामुदायिक बनउपभोक्ता समितीबाटै अनियमित ढंगबाट रुख कटानी भएको छ ।
बनकार्यालय सँग कटानी आदेश बिना गैडहवा गाँउपालिका स्थित जीतपुर सामुदायिक बन उपभोक्ता समितीद्वारा हुचुवातालमा ढलापडा रुख काटने निर्णय गरि तीनसय १६ क्युफिट ६६ वटा गुलिया सालको काठ कटानी गरिएको हो
सो सम्बन्धमा ईलाका बनकार्यालय प्रमुख जयप्रकाश गुप्ता सँग जिज्ञासा राख्दा उनले पटकपटक ढलेको रुख चोरी निकासी बाट बचाउन समितीले निर्णय गरि बिना कटानी आदेश संरक्षणका लागि पहिला रुख काटे पनि पछि पटक पटक कटानी आदेश लिनु भन्दा रुख काटी सकेपछि एकै चोटि कटानी आदेश लिने निर्णय गरेको हुदा आदेश लिन आए आफूले कटानी आदेश दिने जानकारी गराए ।
तर स्थानीय सरकार प्रमुख एवं गैडहवा गाँउपालिका अध्यक्ष बच्चुलालकेवट ( बछु ) ले जीतपुर सामुदायिक बनउपभोक्ता समितीले पहिला सम्बन्धित निकायबाट रुख कटानी आदेश पश्चात ढलापडा रुख काटनु पर्ने हो तर पहिले रुख काटी सके पछि कटानी आदेश लिने नियम सँग नमिलेको सरोकारवालाले बिशेष चासो देखाई कानूनको दायरा भित्र ल्याउन पहल गरिदिन आग्रह समेत गरे ।
केही महिना पहिला बिना कटानी आदेश रुख काटेर आम उपभोक्तालाई काठ बिक्री गर्नुको सट्टा ट्रालीट्रयाक्टरमा राखेर स ः मील तर्फ लैजाने क्रममा स्थानीयले थाहा पाई आठ गुलिया काठ प्रहरी मार्फत बनकार्यालयमा बुझाई उपभोक्ता समिती अध्यक्ष पाँच जना पदाधिकारी माथि मुद्दा लगाउनुका साथै निलम्बनमा परेपछि मुद्दा बिचाराधीन अवस्थामै गैह्रकानूनी ढंगबाट उपाध्यक्ष बयोबृद्ध ब्यक्ति बलराम यादवलाई कार्यबाहक अध्यक्ष बनाई उनकै आडमा केही पदाधिकारीहरु बाँकी बचेको काठलाई फेरि सः मीलमै परयाउन बीच जंगलमा घाटगड्डीको नाटक गरेको एक स्थानीय प्रत्यक्षदर्शिले नाम र ठेगाना गोप्य राख्ने शर्तमा भने ।
यद्यपि त्यस कुराको खण्डन गर्दै जीतपुर सामुदायिक बनउपभोक्ता समिती सहसचिव जंगबहादुर यादवले ढलापडा रुखको कटानी आदेश नलिन पर्ने बर्खाको बेला ढलेका रुख ईलाका बन कार्यालयको रोहबरमा कटानी गरि सुरक्षितका साथ राखिएको बताए ।
सो समीतिका भूपु अध्यक्ष राममिलन केवटले काठ तस्करीमा बर्तमान अध्यक्ष रामसेवक चौधरी र कोषाध्यक्षलाई रुपन्देही जिल्ला अदालतले निलम्बन गरि मुद्दा बिचाराधीन राखेको अवस्थामा समितीका उपाध्यक्ष बलराम यादवलाई कार्यबाहक अध्यक्ष बनाई बिना कटानी आदेशबिना अबैध तरीकाबाट ५७ थान सालका ढलापडा रुख काटी तीनसय क्यूफिट काठ मात्रै देखाउदा अरु काठ पदाधिकारीहरु लुकाई राखेको दाबी गरे ।
सो सम्बन्धमा सत्यतथ्य छानबीन डिबीजन बनकार्यालय रुपन्देहीका प्रमुख भरतबाबू श्रेष्ठले जीतपुर सामुदयिक बन उपभोक्ता समितीका पदाधिकारीहरु अलि अलि बदमाशी गरिरहेको स्वीकारोक्ती गर्दै पहिलो चरणमा अध्यक्ष र कोषाध्यक्ष निलम्बन भई अदालतमा मुद्दाखेपी रहेको अवस्थामा दोस्रो चरणको कार्यवाहीले जीतपुर सामुदायिक बन नै ठप्प भएकोमा समिती संचालनका निम्ती सबै थोक कार्यवाही न ठानी ब्यवहारिक पक्षको कोणबाट ईलाकाबन कार्यालय ठकुरापुरको रोहबरमा कटानी गर्न लगाईएको बताए ।
तर बिना कटानी आदेश रुख काटन लाग्दा कानूनी सजायको भागीदार जो सुकै हुने ब्यवस्था रहेको हुदा हुदै पनि बनकार्यालय कै संलग्तामा रुख काटिए पछि तल देखि माथि सम्म काठ तस्करीको सञ्जालले काम गरिरहेको हुदा पदाधिकारीहरुको घरमा तत्काल छापा मारेर लुकाई राखएको काठ जफत गर्नुपर्ने भूपु अध्यक्ष केवटले सुझाव स्वरुप भने ।