आयूर्वेदकर्मिबाट अपनत्व हुने गरि सेवा प्रवाह गर्नुस – मन्त्री बराल

प्रदेश स्तरीय आयूर्वेद प्रथम चौमासिक समिक्षा गोष्ठी सम्पन्न

३० फागुन , रुपन्देही । स्वास्थ्य निर्देशनालय प्रदेश नं ५ को आयोजनामा प्रदेश स्तरीय आयूर्वेद प्रथम चौमासिक समिक्षा गोष्ठी सम्पन्न भएको छ। प्रदेशका १२ जिल्लाका आयूर्वेद चिकित्सक तथा स्वास्थ्यकर्मिको उपस्थितमा गोष्ठी सम्पन्न भएको हो।
गोष्ठीको सामाजीक बिकास मन्त्री सुदर्शन बरालले गरे । मन्त्री बरालले आयूर्वेद स्वास्थ्यसेवालाई जनस्तर सम्म लैजानको लागी आयूर्वेदकर्मिबाट अपनत्व हुने गरि सेवा प्रहवाह गर्नुपर्ने बताए ।अबसरको खोजी र समस्या समाधान तर्फ प्रदेस सरकार अघिबढेको बताउदै प्रदेश र स्थानिय तहबाट बिकासको लागी योजना बद्धतरिकाले अघिबढेको बताए । उनले औषधी भबन लगायतका समस्या अबस्था हेरीकन समाधान गर्दे जानेबताए । अहिले तत्काल आबश्यकता के छ त्यो तुरुन्तै गरौ औषधीअभाबका कारण बिरामी फिर्ता हुने बाताबरण नबनाउ ।


गोष्ठिमा बोल्दै समाजीक बिकास मन्त्रालयका सचिब कृष्ण ज्ञाबलीले स्वास्थ्य क्षेत्रमा बजेट अभाब नभएको बताए । आबश्यक पर्ने बजेट मन्त्रालयले उपलब्ध गराउने प्रतिबद्धता जनाए ।समिक्षा गोष्ठीमा बोल्दै आयूर्वेदऔषधालय र जिल्ला आयूर्वेद केन्द्रका चिकित्सकले औषधी भबन सवारी साधन र कर्मचारी अभाब भएको बताएका छन । वर्दिया आयूर्वेद केन्द्रका प्रमुख डा आलोक कुमार पान्डेले औषधी सबारीसाधन र कर्मचारी अभाब भएको बताए ।
वाके आयूर्वेद केन्द्रका डा अनिल कुमार चौधरीले ओजेटी गर्न आएका बिद्यार्थीका भरमा आयूर्वेदकेन्द्र चलाएको बताए ।औषधी खानेपानी ट्याईलेट सबारीसधन अभाब रहेको उनको भनाई छ ।
अर्घाखाची आयूर्वेदकेन्द्रका डाक्टर अर्जुन राजआर्चायले भने जिल्लामा नमुनाका रुपमा सेवा दिदै आएको बताए ।उनले प्रदेस सरकारले नयाँ खालका कार्यक्रमल्याउन माग गरे।जिल्लामा स्थानिय सरकार नगरसरकारले आयूर्वेदक्षेत्रलाई राम्रो सहयोग गरेको बताए । तर कर्मचारी अभाब भने रहेको उनले बताए ।अब सरकारले जिल्ला जिल्लामा आयूर्वेदको एमडी आबश्यक रहेको बताएका छन।
दाङको रहेको प्रादेशिक आयूर्वेदीक चिकित्सालयका प्रमुख डा राम कामेश्वर ठाकुरले ८ जना विशेषज्ञ चिकित्सको दरबन्दी भएपनि अहिले एकजनामात्र भएको बताए ।अरु मेडिकल अधिकृतको अबस्था पनि उस्तै रहेको डा ठाकुरको भनाई छ। प्रदेश आयूर्वेदीक चिकत्सालयमा भौतीक पुर्वाधार लगायतको समस्या भएको बताए ।
गुल्मी जिल्ला आयूर्वेदस्वास्थ्य केन्द्रका डाक्टर ललिता पान्डेले जिल्लामा बजेट अभाब भएको बताईन । जिल्लामा बजेट प्रयाप्त भए औषधी बनाउन सकिने समेत बताईन । कपिलबस्तु आयूर्वेदस्वास्थ्य केन्द्रका डाक्टरअर्चना शुक्लाले औषधी बजेट कर्मचारी अभाब रहेको बताईन ।
लुम्बिनी आयूर्वेद चिकित्सालयका डा नलिननाथ तिबारीले दरबन्दी औषधी अभाब भएको बताए । उनले स्थानिय बुटबल नगरपालिकामा औषधी अभाब भएको भन्दै १७ पटक सम्म जादा समेत सुनुबाई नभएको बताए । डा तिबारीले भने प्रदेस सरकारसंगपनि पटक पटक गए अहिले सम्म सुनुबाई नभएको बताए ।
जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्रपाल्पाका बरिष्ठ कबिराज माधब प्रसाद बस्यालले चिकित्सको अभाब भएको बताउदै ल्याब संञ्चालनको आबश्यकता भएको बताए । जिल्ला आयूर्वेद स्वास्थ्यकेन्द्र प्युठानका निमित्व प्रमुख छबिलाल खडकालेपनि चिकित्सकअभाब रहेको केन्द्रसेन्टरमा नभएको कारण बिरामीलाई समस्या भएको जस्ता समस्या गोष्ठीमा राखेका थिए। गोष्ठीमा समाजीक बिकास मन्त्रालय स्वास्थ्यमहाशाखा प्रमुख डा उमाशंकर चौधरी समाजीक बिकास मन्त्रालय स्वास्थ्यमहाशाखा आयूर्वेद अधिकृत गणेश भट्राई, स्वास्थ्य निर्देशनालय स्वास्थ्य शिक्षा बरिष्ठ अधिकृत भुबन कुबर लगायतले बोलेका थिए ।
प्रथम चौमासीक गोष्ठीमा उठेका प्रश्नको जवाफ दिदै स्वास्थ्य निर्देशनालय प्रदेश ५का प्रमुख दिनेश चापागाईले प्रदेशमा रहेका स्वास्थ्य केन्द्र चिकित्सालयलाई आगामी बर्षदेखी बजेट समन्धीत कार्यलयलाई पठाउने तरिकाले बजेट बनाउने बताएका छन ।औषधीको बारेमा स्वास्थ्यनिर्देशनालयले ४७ लाखको औषधी खरिद प्रकृर्यालाई अघिबढाएको र केहि दिनमा औषधी केन्द्रकेन्द्रमा जाने बताएका छन । निर्देशक चापागाईले नयाँ कार्यक्रम केगर्न सकिन्छ भन्नेबारे प्रदेश स्वास्थ्य निर्देशनालय लागेको बताए ।