न्यु लाइट कलेजमा नृत्य प्रतियोगिता, छात्रावृति र पुरस्कार वितरण

२९ फागुन, बुटवल । न्यु लाइट कलेजमा आज नृत्य प्रतियोगिता तथा पुरस्कार र छात्रावृति बितरण कार्यक्रम सम्पन्न भएको छ ।
कर्यक्रममा बिभिन्न तहका बार्षिक परिक्षामा उत्कृष्ट अंक ल्याउने बिद्यार्थीहरुलाइ पुरस्कृत गरिनुका साथै बिभिन्न छात्रावृति पनि प्रदान गरिएको कलेजले जनाएको छ ।

यसबर्षको खेल महोत्सवमा सम्पन्न बिभिन्न् प्रतियोगिताका पुरस्कार पनि आजै वितरण गरिएको छ । त्यस्तै आजै सम्पन्न नृत्य प्रतियोगितामा कलेजका १५ समुहले भाग लिएका थिए ।

कलेजका अतिरिक्त क्रियाकलाप प्रमुख खेमराज खनालको अध्यक्षतामा, कलेज व्यावस्थापन समितिका अध्यक्ष ईश्वर चन्द पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको संचालन कलेजका शैक्षिक संयोजक राजेन्द्र कुँवरले गरेका थिए ।

कार्यक्रममा कलेजका सल्लाहाकार तथा प्रध्यापक भारव धिताल, व्यावस्थापन समिति सदस्य धर्मराज पौडेल लगायतको उपस्थिती रहेको क्याम्पस प्रमुख रमेश ज्ञवालीले जानकारी दिए ।