जिल्ला भलिबल संघ रुपन्देही छैठौं ५ नं प्रदेश स्तरीय भलिबलको फाईनलमा

फाईनल खेल भोलि हुने

२३ फागुन, बुटवल । जिल्ला भलिबल संघ रुपन्देही बुटवलमा जारि छैठौं मणिमुकुन्द ५ नं प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । आज सम्पन्न पहिलो सेमिफाईनल खेलमा जिल्ला भलिबल संघ पाल्पालाई ३–० को सोझो सेटमा पराजीत गर्दै रुपन्देहीले फाईनलमा स्थान सुरक्षित बनाएको हो ।

रुपन्देहीले पाल्पालाई २५–१७ ,२५–२२ र २७–२५ को सेटमा पराजित गरेको हो ।  उपाधीका लागि रुपन्देहीले भोलि गुल्मी र नवलपरासी बिच हुने दोस्रो सेमिफाईनलको बिजेतासँग प्रतिष्पर्धा गर्नेछ ।

यस अघि आज सम्पन्न खेलमा नवलपरासीले प्यूठानलाई ३–० को सोझो सेटमा पराजीत गरेको थियो भने गुल्मीले पाल्पालाई ३–१ को सेटमा पराजित गरेको थियो । त्यस्तै आजै सम्पन्न अर्को खेलमा रुपन्देहीले नवलपरासिलाई ३–१ को सेटमा पराजित गरेको छ ।

 

प्रतियोगिता अन्तर्गत भोलि बिहान ८ बजे हुने दोस्रो सेमिफाईनल खेलमा गुल्मीले र नवलपरासीको सामना गर्ने खेल संयोजक सुरेन्द्र गुरुङले जानकारी दिए । प्रतियोगिताको फाईनल खेल पनि भोलि नै हुदैछ ।

फागुन २४ गतेसम्म संचालन हुने प्रतियोगिताको प्रथम हुने टिमले नगद १ लाख १ हजार, द्धितिय हुनेले टिमले ७७ हजार , तृतीय हुनेले नगद ४४ हजार प्राप्त गर्नेछन भने सान्त्वना हुने टिमले नगद २२ हजार नगद पुरस्कारको साथमा कप, मेडल र प्रमाणपत्र पनि प्राप्त गर्ने क्लवका अध्यक्ष मिलन रानाले जानकारी दिए ।

त्यस्तै अन्य बिभिन्न बिधामा उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कारको व्यावस्था गरिएको क्लबका बरिष्ठ उपाध्यक्ष लोकेन्द्र भण्डारीले बताए ।