जापानमा स्वर्गिय नेताहरुको स्मृतिमा श्रदान्जली सभा

इन्दिरा खनाल

२७फागुन, (टोकियो) जापान । जापानको टोकियोमा हालै दिवंगत हुनुभएका नेपाल सरकारका संस्कृती तथा पर्यटन उड्डयन मन्त्री रविन्द्र अधिकारी, पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारी, र नेकपाका पूर्व सासंद गणेश पण्डितको स्मृर्तीमा प्रवासी नेपाली एकता मन्च जापानले श्रदान्जली सभा सम्पन्न गरेको छ ।

आइतबार टोकियोको रोधी हलमा सत्तारुढ दल नेकपाको जापानमा एकता प्रकियामा रहेको भातृ संगठन प्रवासी नेपाली एकता मंन्चले आयोजना गरेको शोक शभामा जापानका लागि नेपाली राजदुत प्रतिभा राणाले श्रदान्जली व्यक्त गर्दै नेताहरुको निधनले देशले ठुलो क्षती व्योहोरनु परेको बताइन । उनले स्वर्गिय नेताहरुले नेपालको लोकतान्त्रिक आन्दोलनमा अतुलनिय योगदान पुर्याएको भन्दै उनिहरुले देखाएको बाटोमा हिड्नुपर्ने उल्लेख गरे ।

तत्कालिन नेपाली जनप्रगतिशील मञ्चका अध्यक्ष एवं कार्यदलका सदस्य हवलचन्द्र लामाको अध्यक्षतामा सम्पन्न सभामा एनआरएन आइसिसी प्रवक्ता भूषण घिमिरे, कार्यदल सदस्य बेलुकाजी थापा, तत्कालिन प्रवासी नेपाली मञ्चका कार्यबाहक अध्यक्ष सिध्दार्थ श्रेष्ठ, पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घले, जनसम्पर्क समिति जापानका तत्कालिन महामन्त्री रामजंग कार्की, तत्कालिन जनप्रगतिशील मञ्चका उपमहासचिव बाबुराम पौडेल, नयाँ शक्ति पार्टी नेपालको भातृसंस्था अन्तर्राष्ट्रिय नेपाली समाजका अध्यक्ष पदम ठगुन्ना, नुवाकोट समाज जापानका अध्यक्ष हरि लामिछाने लगायतले शोक मन्तव्य व्यक्त गर्दै दिवंगत नेताहरुको व्यक्तित्व र योगदानको बारेमा चर्चा गरेका थिए ।


शोक सभामा उपस्थित बिभिन्न पाटी निकट भातृ संगठनका नेता, कार्यकर्ता, वुद्धीजिवी, समाजसेवी, पत्रकार र बिद्यार्थीले स्वर्गिय नेताहरुको तस्विरमा फुल र माला अर्पण गरि श्रदान्जली दिएका थिए ।