छापाखाना तथा प्रकाशनसम्बन्धी विधेयक मिडियामैत्री हुनुपर्छ

रासस

२८ फागुन, रुपन्देही । प्रदेश ५ को सरकारले ल्याउन लागेको छापाखाना तथा प्रकाशनसम्बन्धी विधेयक मिडियामैत्री बनाउन सरकोकारवालाहरुले सुझाब दिएका छन् ।

संसदीय मामिला पत्रकार समाजको आयोजना र संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहकार्यमा आज बुटवलमा आयोजना गरिएको छापाखाना तथा प्रकाशनसम्बन्धी विधेयक उपरको अन्तरक्रिया कार्यक्रममा सहभागि सरोकारवालाहरुले मिडिया बलियो भएमात्र सरकार बलीयो हुने भएकाले मिडियाप्रति उदार बन्न सुझाव दिए ।

कार्यक्रममा प्रदेश मामिला तथा कानून समितिका सभापति दामा शर्माले समितिले मिडियाकर्मिहरुको सुझाब अनुसार नै बिधेयक पाश हुने बताए । जटिलताको बिचबाट प्रदेश सभा र सरकार अगाडि बढेको छ उनले भने –हाम्रो नियतमा खराब छैन , छलफलमा आएका सुझावलाइ समेटेर विधेयक आउछ । ’
कार्यक्रममा कानून मस्यौदा तथा सुझाव आयोगका सदस्य विष्णु पोखरेलले कानून बनाउने कुरा जटिल भएकाले यसमा सबैको सहयोग जरुरी हुने बताए । उनले भने– बनेको बाटोमा हिड्नुभन्दा बाटो बनाउन गाह्रो हुन्छ ।’
आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिब हरिसिंह धामीले बिधेयकमाथि भएका त्रुटीहरु छलफलमार्फत सच्याउन सकिने बताए ।

मस्यौदा बनाउने विषय जटिल छ उनले भने– कानून स्विकार्न गाह्रो हुन्छ तर सबैले स्विकार गर्नसक्ने बनाउन जरुरी हुन्छ । ’
कार्यक्रममा पत्रकार महासंघका पुर्ब अध्यक्ष बालकृष्ण चापागाईले बिधेयकको प्रस्तावनानै गलत भएकाले सच्याउन आग्रह गरे । मिडियासंग कुनै छलफल नगरी बिधेयक ल्याउने तयारी गर्नु गलत हो, उनले भने– प्रेस स्वतन्त्र हुनेगरी विधेयक नआए स्विकार्दैनौ ।’
कार्यक्रममा प्रस्तावित छापाखाना र प्रकाशनसम्बन्धी विधेयकबारे अवधारणा पत्र प्रस्तुत गर्दै पत्रकार डी आर घिमिरेले प्रदेशमा बन्ने ऐन कानून मिडियाका लागि लचिलो हुनुपर्ने बताए ।

कार्यक्रममा पत्रकार महासंघका पुर्ब अध्यक्ष विनोद पहाडीले प्रदेश सरकारले ल्याउन लागेको छापाखाना तथा प्रकाशनसम्बन्धी बिधेयक मिडिया मैत्री नभएको टिप्पणी गरे । उनले भने– प्रेसको घाटी निमोठ्ने काम मान्य हुदैन । ’
पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसीले बिधेयकमार्फत मिडियालाइ संकुचन गर्ने काम नगर्न प्रदेश सरकारलाइ सुझाब दिए । प्रसारण बिधेयकमाथि पत्रकार महासंघले दिएको सुझाब कार्यान्वयन गर्न उनले आग्रह गरे ।

कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार माधब नेपाल, संसदिय मामिला पत्रकार समाजका अध्यक्ष बिष्णु घिमिरे, पत्रकारहरु नवराज कुँवर, दामोदर खनाल, दिपेन्द्र बडुवाल, रेखा भुसाल, भवानी प्रसाद पाण्डे, अमृता अनमोल, सिपि खनाल लगायतले बोल्दै मिडियालाइ स्वतन्त्रपुर्वत काम गर्ने वातावरण निर्माण हुनुपर्ने बताए ।