गुल्मी चिनाउँने रोईला गीत, मन्त्रीबाट विमोचन

१ चैत, बुटवल । आकाश दर्पण क्रियशनको प्रस्तुतीमा शोभाखर पन्थ र दिपक परियारको लोक रोईला गीत गुल्मी बजारमा आएको छ । गीतको शुक्रबार प्रदेश नम्बर ५ का समाजिक विकास मन्त्री सुदर्शन बरालले विमोचन गरे ।

चलचित्र पत्रकार संघ रुपन्देहीको आयोजनामा भएको रोईला गीत विमोचन कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री सुर्दशन बरालले सबै खाले गीत बजारमा आउने गरेको तर गुल्मीको पहिचान हुने खालको गीत आएको कारण आफुले बिमोचन गरेको बताएका छन् । कार्यक्रममा बोल्दै उनले गीतको म्युजीक भिडियोमा अझ बढि भन्दा बढि गुल्मीका पर्यटकीय, रमणीय स्थान समेट्नको लागि समेत आग्रह गरे ।

म्युजिक भिडियोमा बढि भन्दा मिहिनेत गरिएको भन्दै उनले आगामी दिनमा भाग दुई निकाल्नको लागि समेत प्रेरेत गरेका थिए । कार्यक्रममा गायक दिपक परियारले गीतले एउटा समाजिक सन्देश प्रदान गर्न खोजेको बताएका थिए । मायाँ प्रेम भन्दा पृथक खालको गुल्मीका पर्यटकीय स्थानको पहिचान गराउने गरी गीतको बजारमा ल्याएको बताएका थिए ।

गुल्मी चिनाउने रोईला गीतमा स्वस्तिका पन्थ र दिपक परियारको स्वर रहको छ भने संगीत दिपक परियारको गरेका छन् । पुजा श्रेष्ठ, सुर्य खड्का, मञ्जरी गौतमको रहेको छ । दिपक परियार र प्रेम राज खरेलले गीत लेखेका हुन ।