कन्दराले नचायो बुटवलबासीलाइ

१० चैत, बुटवल । लोकपप ब्याण्ड कन्दराले बुटवलबासीलाई नचाएको छ । बुटवल मण्डपमा भएको कार्यक्रममा कन्दराले आफनो पुरानो चर्चित गित ‘बिदेशियर गइन उनी मलाई छोडेर तर मैले नचिनेर’ बाट शुभारम्भ गरेको थियो ।

‘डाडा पारि गाउमा गुरास फुल्ने गाउमा बस्छिन मेरि माया’ गाउदा धेरै अधबैसे दर्शकहरु उनिसंगै गाउन पुगेका थिए । विवेकले आफनो रक पप गित ‘ हङकगको बजार डुलि……त्यो केटि नचिने’ गित गाए । विबेकले लगातार ‘साङग्रिलाको लेकभरि फुलैफुलको बासना, आउन माया दिलमा बसन, भेडी गोठैमा’, ‘चन्चले कान्छिको जोबन’, ‘तगारोमा रुमाल राखी बाटो छेकै तिमिले’, ‘चन्द्राकोटकी नानी’ लगायत गित गाए ।
एकाएक उनले रिमेक लयमा ‘बल्ल बल्ल भेट भाको दिन, रेशम फिरिरि उडेर जाउ कि डाडा भन्ज्याङ रेशम फिरिरि, जाउ है पोखरा’, ‘नशा लागिरहेछ, बेथा बढीसकेछ, माया बसिसकेछ ।’ ले सुस्ताएका दर्शकलाई तताउन पुगे ।

उनले पप गितमा मादल र सारंगीको संगित भरेको ‘लेकाली हे हे चोयाको डोको…..भन सोल्टी बरोबर नढाटी’, ‘लेककी हे माया मोहनी सबैलाई लगाउने, आखाको रिमझिमले मन नै खलबलाई दिने’ गित गाएर दर्शक नचाए । अन्तिममा कन्दराको सबैभन्दा चर्चित ‘हिउँ त होईन थापरेको डंगुर, माया भयो अमिलो अंगुर, हङकङ पोखराबाट निर्मोही आफ्नो को छ र ?’ संगै आफनो प्रस्तुतिबाट विदा लिएको थियो । बुटवलमा भने तामरिङ्ग म्युजिक सेन्टर र बुटवल युवा परिवारले कार्यक्रम ब्यवस्थापन गरेको हो ।

स्थानिय अमध्ये ब्याण्डले आफनो प्रस्तुति मार्फत शुरुवात गरेको थियो । तोकिएको समयभन्दा केही समय ढिला गरि शुरु भएको कन्सर्टमा रात बढ्दै जादा दर्शकको संख्या पनि बढ्दै गयो । कन्दरा स्थापनाको रजत वर्षको अवसरमा प्रदेश नं. ५ बाट नेपाल आईस प्रादेशिक संगितमय यात्रा बुटवलमा उद्घाटन भएको हो ।

सिल्भर ईन्टरटेन्मेन्टको प्रस्तुतिमा भएको भएको हो । नेपाल आईडल सिजन २ का अमित बरालले चर्चित गित सुन साईलि परदेशबाट म आउला, टुङनाको धुनमा, तानसेन घमाईलो जता निरमाया उतै रमाईलो, विदेशमा रहेका युवालाई स्वदेश फर्कन आग्रह गर्ने देशभक्त पंन्क्षी गित गाएका थिए ।