आठौ राष्ट्रिय प्रतियोगिताको लागि ५ नं. प्रदेश कराते खेलाडी छनौट

२४ फागुन, बुटवल । आठौ राष्ट्रिय प्रतियोगिता ५ नं. प्रदेश छनौट कराते प्रतियोगिता बुटवलमा सम्पन्न भएको छ । प्रतियोगिताबाट २१ जना खेलाडी छनौट भएका छन ।

जसमध्ये पुरुष तर्फ ५० केजी तौल समुहमा पाल्पाका यम बहादुर समाल, ५५ मा बर्दियाका गोपाल घर्ती मगर, ६० केजी तौल समुह बर्दियाकै सन्दिप चौधरी, ६७ केजी तौल समुहमा दाङ्गका अर्जुन बाघचन, ७५ केजी तौल समुहमा रुपन्देहीका उमेश गुरुङ्ग, ८४ केजी समुहमा नवलपरासीका नारायण गुरुङ्ग तथा ८४ केजी प्लस समुहमा बर्दियाका ईनल शाही छनौट भएको छन । यसैगरि पुरुष सिगल कातातर्फ रुपन्देहीका दीपराज थापा तथा टिम काता भने बर्दियाको टिम छनौट भएका छन ।

यसैगरि महिला कुमिते तर्फ ४५ केजीमा रुपन्देहीकी रश्मी पाण्डे, ५० केजीकै रुपन्देहीकै उर्मिला दलार्मी, ५५ केजीमा गुल्मीकी रक्षा शाही, ६१ केजी तौल समुहमा रोल्पाकी यमुना घर्तीमगर, ६८ केजी तौल समुहमा पाल्पाकी बबिशरा थापा, ६८ केजीमाथिको तौल समुहमा गुल्मीकी गिता पुवारे छनौट भएका छन । महिला सिगल कातातर्फ रुपन्देहीकी रश्मी पाण्डे, टिम कातामा बाके जिल्लाका ३ जना खेलाडी छनौट भएका छन ।