अर्ना लोकदोहोरीको उपाधि नगरकोटका राजुलाई

२६ फागुन, बुटवल । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय कार्यसमितिको आयोजना तथा जिल्ला कार्यसमिति रुपन्देहीको सहआयोजनामा आयोजित पाँचौ अर्ना राष्ट्रिय खुल्ला रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिताको उपाधी नगरकोटका राजु केसीले जितेका छन् ।

नगरकोटकै रविन लामीछानेसंग भएको प्रतिस्पर्धामा उनले रविनलाई पछि पार्दै उपाधी जितेका छन् भने रबिनले द्वितीय उपाधी हासिल गरेका छन् । उपाधीसंगै राजुले दुईलाख नगद, प्रमाण पत्र र शिल्ड प्राप्त गरेका छन् भने रविनले एक लाख विस हजार नगद र प्रमाण पत्र प्राप्त गरेका छन् ।

त्यस्तै नगरकोटकै प्रकश पराजुली र रोल्पा कलाकार समाजका भीम पौडेलवीच भएको प्रतिस्पर्धाम दुवैजना बराबरी भरी दुवैले तृतीय स्थान हासिल गरेका छन् । उपाधी संगै उनीहरुले ५२ हजार ५ सय रुपैया नगद र प्रमाण पत्र प्राप्त गरेका छन् ।

त्यस्तै प्रतियोगितामा प्रतिष्ठान गण्डकी प्रदेशका जीवन सिग्देल र डालिमा दोहोरी साँझकी देवी आले सर्वोत्कृष्ट गायक गायिका हुन सफल भएका छन् । उनीहरुले नगद रु १५ र १५ हजार प्राप्त गरेका छन् ।

त्यस्तै प्रतियोगितामा गामवेशी दोहोरी साँझ काठमाण्डौंका अर्जुन खड्का , काठमाण्डौंकै प्रकाश दुरा ,धादिङकी अस्मिता डि.सि. र सिन्धुुपाल्चोककी कल्पना दाहाल उत्कृष्ट गायक गायकिा भएका छन् । उनीहरुले जनही नगद रु ७ हजार पाँच सय रुपैया प्राप्त गरेका छन् ।

त्यस्तै प्रतिष्ठान रुपन्देहीका बिक्रमबाबु बिश्वकर्मा, प्रतिष्ठान गुल्मीका उज्जवल गिरी, शर्मिला वि.सीले प्रोत्साशन पुरस्कर प्राप्त गरेका छन् ।

त्यस्तै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय समितिले हरेक वर्ष प्रदान गर्दै आएको ‘प्रस्तुतीमा मौलिक भेषभुषा सम्मान’बाट प्रतिष्ठान रुपन्देहीका सदस्य बसन्त लम्साल र गायिक भूमिका गिरी सम्मानित भएका छन् । उनीहरु सबैजनालाई प्रमुख अतिथि सामाजिक विकास मन्त्री माननीय सुर्दशन बरालले पुरस्कार र सम्मान प्रत्रद्वारा सम्मान गरेका थिए ।