अर्ना दोहोरीको फाइनल प्रतिस्पर्धा भोलि चार समूह सेमीफाइनलमा, समापन पनि भोलिनै

२४ फागुन, बुटवल । बुटवलमा जारी पाँचौ अर्ना राष्ट्रिय खुल्ला रनि·शिल दोहोरी गीत प्रतियोगिता तथा साँस्कृतिक महोत्सवको उपाधीका लागि चार समूह सेमीफाइनलमा पुगेका छन् ।

शुक्रबार भएको प्रतिस्पर्धामा गण्डकी प्रदेशका जीवन सिग्देललाई हराउदै रोल्पा कलाकार समाजका भीम पौडेल समिफाइनलमा प्रवेश गरेका छन् । त्यस्तै धादिङ बेनीघाट रोरा· गाउपालिकाकी अस्मीता डिसीलाई हराउदै नगरकोट दोहोरी साँझका राजु के.सी पनि सेमीफाइनलमा प्रवेस गरेका छन् ।

नगरकोट दोहोरीकै मिना बुढाथोकी र प्रकाश पराजुली वीच भएको प्रतिस्पर्धामा प्रकाश पराजुली र गण्डकी दोहोरी साँझकी शर्मिला बि.सी र नगरकोटा दोहोरीका रविन लामीछानेवीच भएको प्रतिस्पर्धामा रविन लामीछाने सेमीफाइनलमा प्रवेस गरेका छन् । शुक्रबार विजयी भएका चारै समूहवीच आज शनिबार सेमिफाइनल र फाइनल प्रतिस्पर्धा हुने दोहोरी गीत प्रतियोगिता संयोजक प्रचण्ड जि.सी.ले बताए ।

प्रतियोगिताको शनिबार नै विशेष समारोहका वीच सामाजिक विकास मन्त्री माननीय सुर्दशन बरालको प्रमुख आतिथ्यतामा समापन गर्ने कार्यक्रम रहेको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई २ लाख, द्वितीय हुनेलाई १ लाख बिस हजार, तृतीय हुनेलाई ७० हजार र सान्त्वना हुनेलाई ३५ हजार रूपैया पुरस्कारको व्यवस्था गरिएको छ ।

त्यस्तै उत्कृष्ट गायक गायिकालाई जनही १५ हजार रूपैया पनि प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष बद्री पंगेनीले बताए ।