अनिषको हत्यामा संलग्न ४ पक्राउ, आमाबाबु अस्पतालमा अझै अचेत, तरुणद्धारा चक्काजाम

२७ फागुन ,बुटवल । रुपन्देहीको देवदहमा गए राती ‘ग्याङ फाइट’पछि भएको हत्यामा संलग्न ४ जना पक्राउ परेका छन् । पक्राउपर्नेहरुमा देवदह ९ कालिकाटोल बस्ने २१ वर्षीय आकाश थापा,सोहि स्थान बस्ने २१ बर्षिय अर्जुन सारु मगर, २० वर्षीय सुवास अर्याल,  २१ वर्षिय शिशिर राना र सोहि स्थानकै २२ बर्षिय मनु भनिने मनोज क्षेत्रीलाइ अदालतबाट म्याद थप भइ अनुसन्धान शुरु गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक डीलबहादुर मल्लले जानकारी दिए ।

सोहि घटनामा सोधपुछका लागि ७ जनालाइ प्रहरीले नियन्त्रणमा लिएपनि ३ जनालाइ सोधपुछपछि छाडिएको छ भने घटनामा संलग्न ४ जनालाइ मुद्धा चलाइएको हो । देवदह ५ का २० बर्षिय अनिस पुरीको कुटपिटपछि उपचारको क्रममा अस्पतालमा ज्यान गएको हो ।

रुपन्देहीको खैरेनीका युवा र रुपन्देहीकै घोडाहाका युवाबिचको पार्किंङको बिषयमा भएको बिवाद पछिको द्धन्द्धले अनिषको ज्यान गएको हो ।
टाउको र छातीमा गम्भीर चोट लागेका पुरीलाई उपचारका लागि देवदह मेडिकल कलेजमा र्पुयाइए पनि चिकित्सकले उनलाई तत्कालै मृत घोषणा गरेका थिए । उनी बिगत १ बर्षदेखि मुटुको औषधि सेवन गरिरहेका थिए ।

आमाबाबु अस्पतालमा अझै अचेत

एक मात्र छोरा अनिषको मृत्युको खबर पाएपछि उनका बुबा र आमा अचेत छन् । उनीहरु दुबै जनाको बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा उपचार भइरहेको छ ।

मृतक पुरीको शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ । मृतक पुरीको परिबारको आर्थिक अबस्था पनि कमजोर रहेको छ ।


। देवदहमा सञ्चालित व्यापार मेलामा आइतबार दिउँसो पार्किंङको विषयमा युवाहरुको दुई समूहबीच विवाद भएको थियो । विवादपछि उक्त समूहले पुरीलाई देवदहकै बुद्धनगरमा बोलाएर लाठी र ढुंगा प्रहार गरेका प्रहरीले जनाएको छ । लाठी र ढुङ्गा प्रहार गरी हत्या गरिएका युवा नेपाल तरुण दल देवदह नगर सदस्यसमेत हुन ।

तरुणद्धारा चक्काजाम

रुपन्देहीको देवदहमा आइतबार आफ्ना कार्यकर्ता अनिश पुरीको हत्याको विरोधमा तरुण दलले चक्काजाम गरेको छ । तरुण दलले सोमबार देवदह क्षेत्रमा मुख्य राजमार्ग दिउँसो २ बजे देखि चक्काजाम गरेको थियो ।