२०७५ माघ २७ गतेदेखि फागुन ४ गतेसम्मको साप्ताहिक राशिफल

ज्यो.चक्रपाणी डुम्रे (शास्त्री)
मेष : (चु,चे,चो,ल,लि,लु,ले,लो,अ)
तपाईंको लागि यो साता मध्यम छ । अनावश्यक खर्च बढ्न सक्छ । आफन्त भनिएका बाटै धोका होला । स्वास्थमा समस्या देखा पर्ने छ । मनोबल घट्ने छ । तापनि बुधवारदेखि पहिलेका कमजोरीलाई सुधार गर्न सकिनेछ ।  चुनौतीहरू पार लाग्नेछन्। बुद्धिको उपयोगले गुमेको प्रतिष्ठा प्राप्त हुनेछ । नयाँ काम प्रारम्भ हुनेछ । पुराना समस्या समाधान हुनेछन् ।

वृष : (इ,उ,ए,ओ,वा,वि,वू ,वे,बो)
यो साता अनुकूल बन्नुका साथै प्रयत्न गर्दा लक्ष्य पूरा हुनेछ । प्रतिद्वन्द्वीहरूलाई तह लगाउन सकिनेछ । व्यापारमा फाइदा होला । कामले अरूलाई आकर्षित गर्न सकिनेछ । अप्ठ्यारा चुनौतीहरूलाई पन्छाउने समय छ । रोकिएका धेरै काम बन्नेछन् ।

मिथुन : (का,कि,कु,घ,ङ,छ,के,को,ह)
यो साता मध्यम छ । काममा बाधा र चुनौती देखिनेछन् । अरूको स्वार्थमा उपयोग भइनेछ, सजग रहनुहोला ।साताको मध्यबाट व्यवसायबाट सोचेको लाभ मिल्नेछ । अरूको मन जितेर लाभ उठाउन सकिनेछ । कीर्तिमानी काम गर्ने अवसर जुट्नुका साथै आम्दानीसमेत बढ्नेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ ।

कर्कट : (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
रोकिएको काम बन्नुका साथै नयाँ काम सुरु हुनेछ । अवसरले उत्साह जगाउनेछ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । अरूको भर पर्दा महत्वाकांक्षा अधुरो रहनेछ। ईर्ष्या गर्नेहरूले सताउनेछन् । आँट गर्न नसक्दा काममा पछि परिनेछ । अप्रिय समाचारले मन भारी हुनेछ । तापनि सप्ताहान्त अनुकूल देखिन्छ । मिहिनेत गर्दा पहिलेका कमजोरीमा सुधार ल्याउन सकिनेछ ।

सिंह : (मा,मि,मु,मे,मो,टा,टी,टु,टे)
प्रारम्भमा खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ । काम बिग्रने डरले पनि सताउनेछ । बुधबारपछि शुभचिन्तकहरूले साथ दिनेछन् भने मिहिनेत गर्दा आँटेको काम बन्नेछ । आलोचकहरूले छिद्र खोतल्ने हुँदा गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । अझ  सप्ताहान्तमा सहयोगीहरू जुट्नाले मनग्गे फाइदा उठाउन सकिनेछ ।

कन्या : (टो,प,पि,पु,ष,ण,ठ,पे,पो)
साताको प्रारम्भमा रमाइलो पारिवारिक जमघटका बीच स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ । प्रेममा सफलता मिल्नेछ । तर स्वास्थ्य कमजोर रहनेछ भने परिस्थिति अलि असहज हुन सक्छ । फजुल खर्च बढ्नुका साथै वादविवादमा परिने सम्भावना छ । अवसर प्राप्त भए पनि आफ्नैले काम बिगार्न सक्छन् । तापनि, बुधवारपछि शुभचिन्तकहरू सहयोगले स्थितिमा सुधार आउनेछ ।

तुला : ( रा,रि,रू,रे,रो,ता,ती,तु,ते)
साताको सुरुमा  विशेष अवसर जुट्नुका साथै मनग्गे आम्दानी हातलागी हुनेछ । पछिसम्म फाइदा हुने काम प्रारम्भ हुनेछ । यद्यपि बुधबार पछि अर्थ अभावले चिताएको काममा बाधा पुग्नेछ । तर टाढाका साथीसँग सम्बन्ध विस्तार गर्न सकिनेछ । स्थितिमा सुधार आउनाले प्रतिष्ठित कामको अवसर प्राप्त हुनेछ । विशिष्ट व्यक्तिहरूसँग निकटता बढ्न सक्छ । रमाइलो जमघटमा सहभागी भइनेछ ।

बृश्चिक : (तो,ना,नि,नु,ने,नो,या,यी,यु)
आफन्त र साथीभाइबाट काममा सहयोग मिल्नेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । पदासीन व्यक्तिसँग निकटता बढ्नेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । आम्दानीका स्रोतहरू बढ्नेछन् भने मनग्गे धन संग्रह हुनेछ । पछिसम्म फाइदा हुने काम सुरु गर्ने अवसर प्राप्त हुनेछ ।

धनु : ( ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)
आँटले काम बन्नेछन् भने मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । पुरुषार्थी काम बन्नाले जोश–जाँगर पनि बढ्नेछ । दिगो फाइदा हुने काम प्राप्त हुनेछ । पारिवारिक भेटघाटले मन प्रफुल्लित हुनेछ । बुधवारपछि काम, दाम र स्वास्थ्यमा बाधा हुने देखिन्छ । दाम्पत्यमा पनि असमझदारी बढ्न सक्छ ।

मकर : (भो,जा,जि,खि,खु,खे,खो,गा,गि)
यो साता उत्तम छ । रोकिएको काम बन्नुका साथै   चिताएका काम सम्पादन गर्न सफल भइनेछ । सहयोगीहरूले मनग्गे फाइदा दिलाउनेछन् । मिहिनेतले अवसर दिलाउनेछ भने प्रतिस्पर्धीहरूले हार खानेछन् । बुधवारपछि पारिवारिक असमझदारीले काममा बाधा होला । अरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । बुद्धिको उपयोगले काम लिने कोसिस गर्नुहोला ।

कुम्भ : (गु,गे,गो,सा,सि,सु,से,सो,द)
नियमित काममा बाधा पुग्न सक्छ । ईर्ष्या गर्नेहरू बढ्नेछन् भने काम गरेर पनि जस नपाइने समय छ । अरूका लागि समय खर्चनुपर्ला । बुधवारपछि नयाँ जिम्मेवारी प्राप्त हुनेछ भने मिहिनेत गर्दा चिताएको काम बन्नेछ । मित्रहरूको सञ्जाल फराकिलो हुनुका साथै कीर्तिमानी काम गर्ने अवसर पनि प्राप्त हुनेछ । नियमित काम बन्नाले मनग्गे आम्दानी हुनेछ ।

मीन : ( दि,दु,थ,झ,ञ,दे,दो,चा,चि)
प्रियजनसँगको भेटघाटले दिनहरू  रमाइलो रहनेछ । लगनशीलताले राम्रै फाइदा दिलाउनेछ । विशेष उपहार प्राप्त हुने समय छ । रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइएला । तर सप्ताहान्तमा काम बन्नाले नाम, दाम र इनाम प्राप्त हुन सक्छ ।

प्रस्तुतकर्ता :ज्यो.चक्रपाणी डुम्रे (शास्त्री)
अकला देवी ज्योतिष एवं वास्तु सेवा केन्द्र 
ति.न. पा. १ नयाँमिलचोक रूपन्देही 

सम्पर्क न : ९८५७०३५४६१.