२०७५ फागुन ५ गते आइतबार देखि ११ शनिबार सम्मको साप्ताहिक राशीफल

ज्यो.चक्रपाणी डुम्रे ( शास्त्री )

मेष :  ( चु,चे,चो,ला,लि,लु,ले,लो, )
सामान्य समय छ । आयव्यय बराबर रहने छ ।पारिवारिक विवादले सताउन सक्छ ।बुधबार पछिका दिन धेरै राम्रो छ । भाग्योदयको योग छ।प्रेम प्रस्ताव आउन सक्छ ।

वृष : ( इ,उ,ए,ओ,वा,वि,वु,वे,वो, )
उत्तम समय छ । धर्म तथा अध्यात्ममा रुची बढ्ने छ । प्रेममा सफलता मिल्ने छ । ब्यापार व्यवसायबाट फाइदा होला, मिष्टान भोजन प्राप्ति होला । मान प्रतिष्ठामा वृद्धि होला । परिक्षा सफल हुनेछ ।

मिथुन : ( का,कि, कु,घ,ङ,छ,के,को,ह )
राम्रो समय छ । धन,धर्म , प्रतिष्ठा बढ्ने छ । कृषि तथा ब्यापार बाट फाइदा होला । घरमा शुभ कार्य सम्पन्न होला । बिपरित लिङ्गी को सहयोग मिल्ने छ । मुद्दा मामिलामा फैसला तपाईंको पक्षमा हुनेछ ।

कर्कट : ( हि,हु,हे,हो,डा,डि,डु,डे,)
अनुकुल समय छ । रोकिएको धन हाता पर्ने छ । आफन्तको सहयोगले कार्य सम्पादन होला । मन प्रसन्न रहला । धार्मिक यात्राको योग छ । ब्यापारमा फाइदा होला । पारिवारिक सुखशान्ती मिल्ने छ । स्वास्थ्यमा भने केहि चुनौती सामना गर्नु पर्ला ।

सिह :  ( मा,मि,मु,मे,मो,टा,टि,टु,टे, )
तपाईंको लागी यो साता आफ्नो पक्षमा रहेको छ। जागीर नोकरीमा पदोन्नति होला।प्रेममा सफलता मिल्नुका साथै कारोबारमा फाइदा होला ।आत्म सन्तुष्टि मिल्नेछ । आफन्तसंग भेटघाट होला ।

कन्या : टो,प,पि,पु,ष,ण,ठ,पे,पो, )
यो साता तपाईंको लागी सामन्य छ । स्वास्थ्यमा चिसो सम्बन्धि बिमारले सताउने छ । सप्ताहन्तमा राम्रो समय छ । पठनपाठन तथा लेखन कार्य मा रुचि बढ्ने छ । प्रेममा सफलता मिल्ने छ।

तुला : ( रा रि,रु,रे,रो,ता,ती,तु,ते )
राम्रो समय छ । गरिएका काम बाट सन्तुष्टि मिल्ने छ । बिद्यामा प्रगति होला ।सन्तान पक्षबाट सहयोग मिल्ने छ । खानपिनमा रुचि बढ्ने छ ।धार्मिक तथा परोपकारीक क्षेत्रमा रुचि बढ्ने छ ।

वृश्चिक : ( तो ना,नि,नु,नो,या,यी,यु, )
उत्तम समय छ । राजनीतिक क्षेत्रमा राम्रो छ । कारोबारमा फाइदा होला।गरिएको काम बाट सन्तुष्टि मिल्ने छ । शुभ समाचार सुन्न पाइने छ ।आकस्मिक यात्रा होला । मन प्रसन्न रहने छ ।

धनु : ( ये यो,भा,भि,भु,ढा,फा,ढा,भे,)
तपाईंकोलागि यो साता निकै राम्रो छ । मान प्रतिष्ठा बढ्ने छ। यात्रा र सहयात्रा सफल हुनेछ । सभासम्मेलनमा सहभागी भइने छ ।
गरिएका काम बाट सन्तुष्टि मिल्ने छ । ब्यापारमा फाइदा होला सप्ताहन्तमा केहि चुनौती देखा पएने छ्न ।

मकर : ( भो,जा,जि,खि,खु,खे,खो,गा,गि )

सामान्य समय छ । आय ब्याय बराबर हुनेछ ।आफन्तबाट धोका हुन सक्छ ।पारिवारिक बिवाद बढ्न सक्छ।बुधबार पछिका दिन राम्रा छ ।लक्षित लक्ष्य पुर्ती हुनेछ। स्वास्थमा सुधार आउने छ।गरिएका काम बाट सन्तुष्टि मिल्ने देखिन्छ ।मन प्रसन्न रहने छ।

कुम्भ : ( गु,गे,गो,सा,सि,सु,से,सो,द )
समय राम्रो छ । भाग्योदयको समय छ । धर्मकर्म प्रति रूचि बढ्ने छ । सभा सम्मेलन सहभागी भैयोला । रोजगारमा पदोन्नति हुनेछ । शिक्षा तथा खेलकुदमा रुचि बढ्ने छ । साताको अन्त्य तिर कार्यमा केहि चुनौती सामना गर्नु पर्ला । स्वास्थमा समस्य आउन सक्छ ।

मीन : ( दि,दु,थ,झ,ञ,दे,दो,चा,चि )
यो साता मध्यम छ । आय ब्याय बराबर होला । ब्यापारमा केहि नोक्सानी बेहोर्नु पर्ला । आफन्त भनिएका बाटै धोका होला, साताको अन्त्य तिर निकै राम्रो समय आउने छ । आट उत्साह बढ्ने छ । परिक्षा सफल हुनेछ ।

प्रस्तुतकर्ता : ज्यो.चक्रपाणी डुम्रे ( शास्त्री )
अकला देवी ज्योतिष एवं वास्तु सेवा केन्द्र
ति.न. पा. १ नयाँमिलचोक रूपन्देही
मोबाइल नं.९८५७०३५४६१
( ज्योतिष, वास्तु र कर्मकाण्ड सम्पूर्ण सेवाका साथै प्रशिक्षण पनि दिइन्छ )