सिद्धार्थ बोर्डिङमा सम्पन्न जिल्ला स्तरिय वक्तृत्वकला प्रतियोगितामा दीपकि गृष्मा प्रथम

२७ माघ, बुटवल । सिद्धार्थ अग्रेजी आवाशिय मावि शंकरनगर रुपन्देहीको आयोजनामा सम्पन्न जिल्ला स्तरिय अन्तरमाध्यमिक विद्यालय सिद्धार्थ वक्तृत्वकला प्रतियोगीतामा दीप बोर्डिङकि गृष्मा पोखरेल प्रथम भएकी छन ।

बाबुराम खानालका अनुसार देश विकासकको मेरुदण्डः जल, जमिन र जंगलको समुचित प्रयोग शिर्षक रहेको प्रतियोगितामा प्रथम भएसंगै गृष्माले नगद रु ८ हजार र ट्रफि हात पारेकि छन । प्रतियोगितामा जन जागृतिकि स्नेहा पौडेल द्धितिय  भइन भने न्यु होराइजन मावि कि सोनिया केसि तृतीय भएको विद्यालयले जनाएको छ ।

त्यस्तै होराइजन गौतम बुद्ध स्कुलका रिवाज ढकाल र सगरमाथा बोर्डिङकि कृतिका अर्याल सान्त्वना भएका छन। प्रतियोगितामा द्धितिय, तृतीय र सान्त्वना हुने बिद्यार्थीहरुले क्रमस: नगद रु ६, ४ र २ हजार सहित ट्रफि प्राप्त गरेका छन ।

कार्यक्रममा बुटवल बहुमुखि क्याम्पसका पुर्व क्याम्पस प्रमुख प्रा.आनन्दमान सिंह शाक्य, विद्यालय व्यववस्थापन समितिका अध्यक्ष प्रध्यापक रामलाल श्रेष्ठ, तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरे, राष्ष्ट्रिय परिक्षा बोर्ड प्रदेश कार्यालय बुटवलका प्रमुख टिकाराम अर्याल, तिलोत्तमा नगरपालिका शिक्षा विभाग प्रमुख हरि प्रसाद ज्ञवाली, प्याब्सन नेपालका केन्द्रीय सल्लाहकार लोकनाथ उपाध्याय लगायतले बोलेका थिए ।

। प्रतियोगीतको निर्णयकहरुमा प्रा.डा. हिरण्यलाल ज्ञवाली, प्रा.हुमकान्त पाण्डे, बुटवल बहुमुखि क्याम्पसका सहायक क्याम्पस प्रमुख बुद्ध बहादुर बस्नेत रहेका थिए ।

बिद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख मेघराज भट्टराईको संचालनमा सम्पन्न कार्यक्रममा तिनपा वडा नम्बर ४ का अध्यक्ष दिवकार ढकाल, प्रदेश नम्बर ५ प्याब्सन उपाध्यक्ष खेमेन्द्र राना, प्याब्सन रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेल, हिसान रुपन्देहीका अध्यक्ष कृष्ण पौडेल, एनप्याब्सन रुपन्देहीका अध्यक्ष देऊ प्रकास राई, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले विजयी, प्राचार्य यम बहादुर राना, सह प्रअ रमेश प्रसाद बस्याल, रजनिस प्रसाद गुप्ता, विद्यालयहरुलाई शुभकामना दिएका थिए ।