शैक्षिक मेलाको तयारी

२ फाुगन, बुटवल । विद्यार्थीहरुलाई देशभित्र रहेका उत्कृष्ट शैक्षिक संस्थाको बारेमा जानकारी दिने उद्येश्यका साथ शैक्षिक मेला रुपन्देहीमा हुने भएको छ ।

फागुन ६ र ७ गते बुटवलका सिद्धार्थ कटेजमा हुने मेलाको तयारी पुरा भएको आयोजकले विहिबार बुटवलमा पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । भिजन मिडिया ईन्कर्पोरेशन र एजुकेशन डट कमको आयोजनामा पाचौ संस्करण शैक्षिक मेला बुटवलमा पहिलोपल्ट गर्ने लागेको हो । कार्यक्रममा देशका विभिन्न विद्यालयका प्रतिनिधीहरुबाट निशुल्क परामर्श दिईने निमित्त क्यम्पस प्रमुख विकास श्रेष्ठले बताए ।

मेलामा काठमाण्डौ विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पुर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालयसहित अन्तराष्ट्रिय विश्वविद्यालयसंग आवद्ध रहेका विभिन्न कलेजहरु समेत स्टल राखिने उनले बताए । स्वदेशमा नै बिबिए, एमबिए, बिआईटी, ,बिआईएम, बिएचएम, बिटिटिएम, बिबिएम, बिएचटिएम, बिएएडब्लु, बिसिए, बिबिएस, बिएस्सी, सिएसआईटी, बिडेभ्स लगायतका कोर्ष पढ्न चाहने विद्यार्थीहरुलाई लक्षित गरि मेला आयोजना गर्न लागेको तिलोत्तमा कलेजका शिक्षक बद्री पन्थीले बताए । मेलामा आउने प्रत्येक विद्यार्थीहरु एउटा रिचार्ज कार्ड प्रदान गरिने तथा सहभागि मध्येबाट एक जनालाई मोबाईल उपहारसमेत प्रदान गरिने उनले बताए ।

नेष्ट रिभोलुसन नेपालका प्रबन्ध निर्देशक राजीव खनालले यस किसिमको पहिलो मेला आयोजनासंगै धेरे चुनौतीहरु रहेको बताए । मेलामा २५ बढी कलेजहरुको स्टलहरु रहने छन ।