वार्षिक उत्सवको अवसरमा दुर्गादत्तमा खेल सप्ताह

छांया पन्त
२२ माघ, तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा २ मा रहेको शंकरनगर दुर्गादत्त माविले आफ्नो ५४ औँ वार्षिकउत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेको छ ।

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत पहिलो चरणमा खेलकूदका कार्यक्रम आयोजना गरेको विद्यालयले आज दोस्रो दिन पनि विभिन्न खेलहरु सम्पन्न गरेको छ । आज भएको खेलमा प्रि नर्सरी देखि यू केजी कक्षासम्मका विद्यार्थीबिच मिठाई दौड प्रतियोगिता सम्पन्न भएको छ । जसमा प्रि नर्सरीका बिमल गुरुंग प्रथम , आयुष चौधरी दोस्रो र सोनिया भण्डारी तेस्रो भएका छन् । त्यसैगरी नर्सरी कक्षाबाट देविन रोका प्रथम , निसान पाण्डे दोस्रो र धिरज मुखिया तेस्रो भएका छन् । ्

त्यस्तै एल के जी कक्षाबाट मिलन थापा प्रथम , पूर्णिमा ठकुरी दोस्रो र गुँरास गिरी तेस्रो भएका छन् । मिठाई दौडमै यू के जी कक्षाबाट सञ्जना थापा प्रथम , अंशुल नेपाली दोस्रो र कृष रायमाझी तेस्रो भएका छन् ।

आजै भएका अन्य खेलमा कक्षा एकदेखि कक्षा तिनसम्म भित्रीबाहिरी खेल खेलाइएको छ । जसमा कक्षा एकमा छात्रबाट आयुष कंडेल प्रथम , राजन ठकुरी दोस्रो र अमित कुँवर तेस्रो भएका छन् ।

त्यस्तै छात्रातर्फ पुष्पा सोमै प्रथम , अप्सना कुँवर दोस्रो र सुस्मिता केसी तेस्रो भएका छन् । त्यस्तै कक्षा चार , पाँच र छ का विद्यार्थीबिच हिसाब दौड प्रतियोगिता सम्पन्न भएका छन् । त्यसैगरी कक्षा सात , आठ र नौ मा लंग जम्पका खेलहरु सम्पन्न भएका छन् ।

खेल सप्ताहमा प्रथम , दोस्रो र तेस्रो स्थान प्राप्त गर्न सफल विद्यार्थीलाई माघ २५ गते पुरस्कार वितरण गरिने विद्यालयले जनाएको छ । विद्यालयले माघ २७ गते सरस्वती पूजाको दिन एक विशेष कार्यक्रमको आयोजना गर्ने पनि जानकारी दिएको छ ।