लुम्बिनी बाणिज्य क्याम्पसमा एक दिने ‘‘व्यवस्थापनका समकालिन मुद्धाहरु’’ विषयक सेमिनार सम्पन्न

२७ माघ, बुटवल । बुटवलको देविनगरमा रहेको लुम्बिनी बाणिज्य क्याम्पसमा अध्ययनरत एम.वि.ए विद्यार्थी हरुद्धारा आयोजनामा ‘‘व्यवस्थापनका समकालिन मुद्धाहरु’’ विषयमा एक दिने सेमीनार सम्पन्न भएको छ ।

विद्यार्थीहरुको समकालीन विषयमा ज्ञान अभिबृद्धि गर्ने उद्देश्यले सरस्वती पुजाको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । राष्ट्रिय सहकारी वैङ्कका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाँई र नेपाल धितोपत्र बोर्डका विज्ञ सञ्चालक सदस्य निल सारुले कार्यक्रमको सहजीकरण गरेेेका थिए । समकालीन व्यवस्थापनका मुद्धाहरु मुल विषयमा रहि कार्यक्रम २ सत्रमा सञ्चालन भएको थियो ।

पहिलो सत्रमा बोल्दै गुरागाँईले हाल नेपाली विद्यार्थीहरुमा देखा परेको महत्वकांक्षि लक्ष्य र कार्य प्राप्ती विचको तालमेलमा केन्द्रित भई बहस गरेका थिए । साथै उनले करियरका विभिन्न स्थापीत अन्तराष्ट्रिय आयाम र तिनको स्थानियकरण कसरी गर्न सकिन्छ भनेर पनि बहस गर्नु भएको थियो भने दोस्रो सत्रमा बोल्दै निल सारुले पुँजि बजार र धितोपत्रको विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय आयामहरुको बारेमा छलफल गरेका थिए ।
रुपन्देही जिल्लामा रहेर व्यवस्थापन शिक्षा प्रदान गर्दै आएका १५ विद्यालयका करिव १३ सय विद्यार्थीहरु छलफलमा सहभागी भएका थिए ।

उक्त कार्यक्रममा बोल्दै लुम्बिनी बाणिज्य क्याम्पसका क्याम्पस प्रमुख प्रो. डा. तारा प्रसाद उपाध्ययले यस्ता कार्यक्रमहरुले विद्यार्थीहरुको क्षमता विकास गर्न अतुलनीय योगदान पु¥याउने भन्दै एम.वि.ए कार्यक्रम सञ्चालनको छोटो समयमानै विद्यार्थीहरु द्धारा स्तरिय कार्यक्रम गर्न सकेकोमा विद्यार्थीहरुलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो साथै कार्यक्रमको औपचारीक सत्रमा बोल्दै निर्वतमान क्याम्पस प्रमुख प्रो. डा. इश्वर गौतमले लुम्बिनि बाणिज्य क्याम्पस सधै विद्यार्थीहरुको क्षमता अभिबृदि गर्ने कार्यमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेेका थिए ।

एनआईसि एसिया वैङकिङ् पार्टनर रहेको उक्त कार्यक्रम एमविएका विद्यार्थी लक्ष्मण टण्डनले अध्यक्षता गरेका थिए भने गौरव रिजालले सञ्चालन गरेका थिए ।