लियो जिल्ला परिसदद्धारा बुटवलमा विज्ञान प्रदर्शनि प्रतियोगिता सम्पन्न

१० फागुन, बुटवल । लियो जिल्ला परिसद ३२५ बि २ रिजन ८ को आयोजना र लियो क्लब अफ तिलोत्तमाको संयोजनमा आज बुटवलको अन्नपुर्ण मोडेल कलेजमा विज्ञान प्रदर्शनि प्रतियोगिता सम्पन्न भएको छ ।

रुपन्देहीका १३ वटा स्कुलका प्रतियोगि बिद्यार्थी समुहको सहभागिता रहेको कार्यक्रममा अक्फोर्ड स्कुल प्रथम भएको छ । प्रतियोगितामा न्यु होराइजन स्कुल बुटवल द्धितिय भयो भने बुटवल ईलिट तृतीय भएको आयोजकले जानकारि दिए ।

प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने समुहले नगद क्रमस १० हजार, ७ हजार ५ सय र ५ हजार नगद सहित ट्रफि , मेडल , प्रमाणपत्र प्राप्त गरेका छन ।

लियो क्लव अफ तिलोत्तमा बर्ष २०१८ १९ का अध्यक्ष लियो आशिष गौचनको अध्यक्षतामा, लायन्स जिल्ला परि ३२५ बि २ का सिनियर डिस्ट्रिक एड़भाइजर सुरेश रत्न बज्राचार्यको प्रमुख आतिथ्यता, लायन्स जिल्ला परिसद ३२५ बि २ जोन चेयर पर्सन लायन प्रमोद कसजू र अन्नपुर्ण मोडेल कलेजका प्राचार्य गणेश पराजुलीको बिशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको कार्यक्रमको संयोजक लियो सिर्जना कुँवरले गरेकी थिइन भने कार्यक्रम संचालक लियो रबिना पोख्रेलले गरेेेकि थिइन ।