यस्तो रहेछ बुटवलमा रहेको सिंह कम्प्लेक्सकाे वास्तविकता ( भिडियाे सहित )

२६ माघ, बुटवल । बुटवलको अमरपथमा रहेको सुरपद्मा हाउजिङ प्रा.लिभित्रकै केहि ब्यबसायीले प्रालिको अनाबश्यक रुपमा बदनाम गरेकोमा ध्यानाकर्षण भएको जनाएको छ ।

७ वर्ष अघि कायम भाडा दर बृद्धि नगरिएको र अब समयसापेक्ष बनाउनुपर्ने जनाएको छ ।ब्यापारिक प्रयोजनको लागी कानुन बमोजिम ब्यापारीहरुलाई सटर भाडामा दिई व्यवस्थित तरिकाबाट व्यवसाय सञ्चालन गराउने र नेपाल सरकारको नियम कानुन बमोजिम कर तथा राजश्व बुझाईएको समेत प्रालिले प्रष्ट पारेको छ ।

बुटवलमा आज पत्रकार सम्मेलन गर्दै कम्पनीले स्थापना भएको मिति देखि नै कानुनी रुपमा व्यवसायीसंग सुमधुर सम्बन्ध कायम गरी उचित दर रेटको भाडा कायम गरी सबैसंग सम्झौता समेत गरी कम्पनि सञ्चालन गर्दै आएको प्रालिका प्रमुख महेशमान सिंहले बताए ।

३-४ वर्ष अघि पहिलो र दोस्रो तल्लामा व्यापार व्यवसाय गर्ने व्यापारीहरुले व्यवसायिक भवनमा स्क्यालेटर (स्वचालित भर्याङ्ग ) जडान नभएको हुदँ व्यवसाय गर्न कठिन भएको भनेपछि प्रालिले सबैमा स्क्यालेटर जडान गरे पश्चात सबै व्यवसायीलाई २०७५ श्रावण १ गते बाट नयाँ भाडा दर कायम हुने र सम्झौता गर्न आउन सुचना गरेको थियो । पटक पटक मौखिक सुचना दिदा समेत सम्झौता गर्न नआउने उल्टै कम्पनिलाई बद्नामी गर्ने काम ठिक नभएको म्यानेजर मनिष पौडेलले बताए ।

भाडा रकम सम्झौता अनुसार बृद्धि गर्न खोज्दा ५-७ जना ब्यवसायीले अनाबश्यक दुश्प्रचार गरेको समेत उनले बताए ।
२०७५ श्रावण १ गते बाट नयाँ भाडा दर कायम हुने र सम्झौता गर्न आउन सुचना गरिएको भएपनि ब्यबसायीले आलटाल गर्ने र घर बहाल सरोकार संघमा गई उजुरी गर्ने तथा सटर बन्द गरी आन्दोलन गर्ने काम गरेकोमा प्रालीले आपत्ती जनाएको हो । २०७५ पुस १२ मा ७ दिन भित्र सटर बहाल सम्झौता गर्न आउनु हुन भनि लिखित सुचना दिएको थियो ।

तर सो उपर कुनै छलफल गर्न नआई अनावश्यक रुपमा पत्र पत्रीकामा कम्पनिको इज्जत प्रतिष्ठामा अँच आउने खालको विज्ञप्ती, लेख निकाल्ने कार्य गरेको र बुटवल उप-महानगरपालिका मा “भाडा समायोजन गरी घर बहाल सम्झौता गराइ पाँउ “ भन्ने मुद्धा दायर गरेका थिए । सो मुद्धा हाल विचाराधिन अवस्थामा छ ।

सटर भाडा सम्झौता गर्न नआउने पत्र पत्रिकामा गलत सुचना दिई विज्ञप्ती निकाल्ने सामाजिक सञ्जालमा अनावश्यक कुरा लेख्ने बुटवल उप-महानगरपालिका मा मुद्धा विचाराधिन रहदा रहदै बुटवल उप-महानगरपालिका, उधोग वाणिज्य संघ,विभिन्न संघ संस्था तथा हामि कम्पनिको प्रतिष्ठामा आँच पुग्ने गरि पर्चा ,पम्पलेट छाप्ने कार्यप्रति आफुहरुको गम्भिर ध्यानाकर्षण भएको प्रालिका सिइओ प्रतिषमान सिंहको भनाइ छ ।

अहिले आन्दोलन गर्ने व्यवसायीको कम्पनीसंग कुनै सम्झौता नभएको प्रालिको भनाइ छ । कम्पनिले तोकेको हालको दर रेटमा सम्झौता गरि अन्य व्यवसायीहरुले सोही तल्लामा व्यापार व्यवसाय सञ्चालन गरेको प्रालिले जनाएको छ । उनले सबै व्यवसायीकोे बिधुत कटौती गरेको आरोप झुठा भएको समेत प्रष्ट पारे । स्थापनाकालमा निर्धारित रु ११० प्रति वर्ग फुट दर कायम गरिएता पनि पछि व्यवस्थापन पक्षले ६ महिना बहाल रकम छुट दिई भाडा रकम समेत समायोजन गरि रु ६५ प्रति स्क्वायर फुट प्रथम तल्लाको कायम गरिएको उस्को भनाइ छ ।

कम्पनीको हाल पहिलो तल्लाको रु १७०,दोस्रो तल्लाको रु १२० प्रति स्क्वायर फुट भाडा कायम गर्ने निर्णय गरेको छ । धेरै व्यवसायीले स्क्यालेटर (स्वचालित भ¥याङ्ग )जडान पश्चात नयाँ कायम हुने भाडा दर रेटमा सम्झौता गर्न मञ्जुर छु भनि सहिछाप गरेको दाबि गरिएको छ । स्थापना कालको रेटलाई मध्यनजर गरी २-२ वर्षमा बृद्धि हुने भाडा रकमको हिसाब गरी हाल नयाँ दर रेट कायम भएको जनाएको छ ।

भित्रभित्रै कति व्यवसायीहरुले कम्पनिलाई जानकारी नदिई उच्च दर रेटमा पसल बिक्री गर्ने गरेको समेत भेटिएकोले प्रालिलाइ ब्यबस्थापनमा समस्या भएको बताइएको छ ।

भिडियो सहित