बैज्ञानिक उपकरण बनाएर चर्चा कमाउदै बुटवलका कपिल

१५ फागुन, बुटवल । बुटवल ११ देविनगर निवासी १८ बर्षिय कपिल ज्ञवालीले सानो छदा आफ्नो बुवाले समाचार सुन्न ल्याएको रेडियो दुई टुक्रा बनाएर फुटाले । बजारबाट ल्याएको स्टापलाईजर पनि टुक्रा टुक्रा पारे । बच्चाका खेलौना त झनै कति टुक्रा पारे पारे । घरमा बुवाले सामानहरु टुक्रा पारेको देखेर कपिलले कति पटक गाली खाए धन्न चट्कन भने भेटेनन् । आज भने कपिल बिभिन्न खालका ब्रज्ञानिक उपकरणको आबिश्कार गरे चर्चामा आइरहेका छन ।

गुल्मी जिल्लाको बम्घा गाविस वडा नं . ५ स्थायी घर भएका कपिल सानैदेखि विज्ञान प्रविधिसँग नजिक रहेर अध्ययन गर्ने गर्दथे ।  बुटवलको अक्सफोर्ड उच्च माविमा कक्षा ११ मा पढ्ने कपिलले अहिले विभिन्न उपकरण निर्माण गरी सफल परीक्षण समेत गरिसकेका छन् ।

कक्षा ७ मा पढ्दै गर्दा हेरेको हिन्दी चलचित्र ‘थ्री इडियट’ बाट प्रभावित भएर कपिलले सुरुमा हाते पंखा बनाए । त्यसपछि नमुनाको रुपमा लावरको डब्बा प्रयोग गरी हेलिकप्टरको नमुना बनाए । हेलिकप्टरको नमुना बनाएपछि उत्साहित उनले एक पछि अर्को गरी नयाँ नयाँ यन्त्र जडान गरी अन्य सामाग्रीहरु त्यार पारे ।

रोजगारीको शिलशिलामा भारतमा रहेका बुवा सँग उनले कुनै सामाग्री फोनबाट ल्याउन भने त कतिपय उनी भारत पुगेरै सामाग्रि ल्याए । बुवाको पूर्ण सहयोग पाएका कपिलले विज्ञानका धेरै सामानहरु बनाएर आफूले अध्ययन गर्ने विद्यालयमा प्रदर्शन समेत गरे र पुरस्कार पनि हात पारे ।

भिडियो सहित