प्रदेश स्तरीय प्रभु पे ह्वीलचियर बास्केटबल प्रतियोगिता बुटवलमा हुदै

२७ माघ, बुटवल । लायन्स क्लव अफ बुटवल सयपत्रीले नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघको सहकार्यमा नेपालमै पहिलो पटक राष्ट्रिय स्तरको ह्वीलचियर बास्केटवल प्रतियोगीता आयोजना गर्ने भएको छ ।

अपांङ्गता भएका व्यक्तिको खेलकूदको प्रतिभालाई उजागर  गर्नको लागि  बुटवलमा  ह्वील चियर बास्केटवल प्रतियोगीता आयोजना गर्न लागेको हो ।
प्रतियोगीताको विषयमा आईतबार बुटवलमा पत्रकार सम्मेलनको गरी यहि फागुन २४ र २५ गते बुटवलमा उक्त प्रतियोगीता आयोजना गर्न लागिएको जानकारी दिएको हो ।
लायन्स क्लव अफ  बुटवल सयपत्रीका अध्यक्ष रोशनी पाण्डेले  उक्त प्रतियोगीताको  लागि प्रभु पे डिजिटल वालेटलले मुख्य प्रायोजकको रुपमा साथ दिएको जानकारी दिइन ।

उनका अनुसार प्रतियोगिताको नाम नै “प्रदेश स्तरीय प्रभु पे ह्वीलचियर बास्केटबल  प्रतियोगिता” राखिएको हो । समाजमा अपांङ्गता भएका व्यक्तिहरुमा रहेको क्षमतालाई देखाउन, उनीहरुमा रहेको हिनताबोध हटाउन र उर्जाशील बनाउन खेलकुद सशक्त माध्यम भएको कारण  अपांङ्गता भएका व्यक्तिहरुको खेलकुदले उनीहरुप्रति हेरिने दृष्टिकोणलाई परिवर्तन गरी समाजको नकारात्मक अवधारणालाई परिवर्तन गर्ने भूमिका निर्वाह गर्न गर्नको लागि पनि खेलकुद प्रतियोगीता आयोजना गरिएको अध्यक्ष पाण्डेले जानकारी दिइन ।

अपांङ्गता भएका व्यक्तिहरुलाई थप हौसला दिन, उनीहरुमा रहेको क्षमतालाई बाहिर ल्याउने, शारीरिक तन्दुरुष्टिका साथै मानसिक अवस्था सवल पार्न र अपांङ्गताप्रति हुने विभेदहरुको अन्त्य गर्नका लागि विभिन्न प्रकारका खेलकूद गतिविधिहरु अपरिहार्य महसुस गरी प्रतियोगीताको आयोजना गर्न लागिएको कार्यक्रम संयोजक एली क्षेत्री जानकारी  दिइन ।

बुटवल देवीनगरमा रहेको भुपु सैनिक क्लव देवीनगर बुटवल रुपन्देही को प्राड्डणमा  हुने प्रतियोगीतामा नेपालभरबाट  १ सय भन्दा बढि ह्वीलचियर बास्केटवल प्रतियोगीहरु सहभागी हुने छन् । प्रतियोगीतामा ७ वटा प्रदेश बाट प्रदेश स्तरिय खेलाडीहरुको साथै ४ वटा छुट्टै महिला खेलाडी टिमको पनि सहभागीता हुने छ ।
कुल १२ वटा टिमको सहभागीता हुने प्रतियोगीतमा उत्कृष्ठ  पुुरुष र महिला दुबै टिम लाई नगद सहितको  पुरस्कारको व्यवस्था गरिएको कार्यक्रम संयोजक  एली क्षेत्रीले जानकारी दिइन । उनका अनुसार  प्रथम हुने महिला र पुरुष दुबै टिमलाई नगद २५ हजार रुपैयाँको पुरस्कार राखिएको छ भने द्धितिय टिमलाई २० हजार, तृतिय टिमलाई १५ हजार रुपैयाँ नगद पुरस्कार राखिएको हो ।

प्रदेश नम्बर १, २, ३, गण्डकी प्रदेश, प्रदेश ५, कर्णली प्रदेश र सुदुरपश्चिम प्रदेश बाट पुरुषहरुको एक/एक टिम र नेपाल आर्मीको थप एक टिम सहभागी हुने छन् भने महिला तर्फबाट नेपालभरका विभिन्न ह्वीलचियर प्रयोगकर्ता खेलाडीहरुको छुट्टै ४ वटा टिम सहभागी हुने छन् ।  पत्रकार सम्मेलनमा  प्रमु पे (प्रभु म्यानेजमेन्ट कम्पनी)का म्यानेजर गणेश घिमिरेले अपाङ्गता भएका व्याक्तिहरुको उनीहरुको हौसलाको लागि आफुहरुले लायन्स क्लव अफ बुटवल  सयपत्रीलाई साथ  दिएको बताए ।  उनले छाटो समयमा नै प्रभु पे(वालेट अव मोवाईलमा) भन्ने मुल नाराका साथ स्थापना भएकोमा २ लाख ग्राहक भैसकको समेत जानकारी दिए । यस्तै देशभरका ७ हजार भन्दा पनि एजेन्ट मेनेन्मेन्टबाट समेत काम भैरहेको उनले जनाए ।

पत्रकार सम्मेलमा क्यान महासंघ नेपालका केन्द्रीय बरिष्ठ उपाध्यक्ष नवराज कुँवर, प्रभु टिभिका म्यानेजर गंगा गौतम, लायन्स क्लव अफ बुटवल सयपत्रीका पुर्व अध्यक्ष तथा डिष्ट्रिक ३२५ वि २ का ट्रेजरर सुनिया बजमयी लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमा लायन्स क्लव अफ बुटवल सयपत्रीकी पुर्व सचिव कमला कुँवर बस्नेतको सञ्चालन तथा फष्ट भिपी कल्पना सिवाकोटीको स्वागतमा भएको थियो ।