नयांगांउ माबिको स्वर्णमहोत्सव, शिक्षाको विकासमा कुनै कमी हुदैन : पूर्वमन्त्री बिष्णु पौडेल

२७ माघ, बुटवल । पुर्वअर्थमन्त्री तथा नेपाल कम्युष्टि पार्टी(नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले शिक्षाको विकासमा कुनै पनि कमी नहुने बताएका छन् ।

बुटवल-१२ नयँगाउमा रहेको नयागाउ माध्यमिक विद्यालय स्थापनाको ५० औ बर्ष प्रवेशको अवसरमा स्वर्ण महोत्सव समारोहमा बोल्दै उनले सामुदायिक विद्यालयले नतिजालाई बदल्न सक्नुपर्ने समेत बताए ।
उनले नीजि विद्यालयहरुले भन्दा पनि राम्रो नजिता सामुदायिक विद्यालयहरुले ल्याउनुपर्ने बताएका हुन । शिक्षा लाई मानिसको जीवनस्तर परिर्वतन गर्ने खालको शिक्षा अवको आवश्यता रहेको बताए । नमुना विद्यालयको रुपमा पहिचान बनाउदै गएको नयाँगाउ माविले अन्य नीजि विद्यालयहले जस्तै विद्यार्थीहरु आफुतर्फ तान्ने कोसीस गुणस्तरबाट गर्नुपर्ने धारणा राखे ।
उनले ईतिहास बोकेको विद्यालयलाई सहयोगी दाताहरुको पनि राम्रो साथ रहेको भन्दै स्थानिय सरकार, प्रदेश र केन्द्रबाट समेत के कस्तो सहयोग गर्न सकिन्छ त्यसमा कुनै पनि कमी आउन नदिने बताए ।

पौडेलले भने-मैले जे जस्तो स्थान र तरिकाबाट सहयोग गर्नुपर्ने हो, यसमा तयार छु, जहिले पनि यस क्षेत्रको विकासको लागि कुनै पनि कमी हुन दिने छैन ।
फरक प्रसंगमा नेता पौडेलले भौतिक पुर्वाधार विकासमा आफुले कुनै पनि कमी नराखेको धारणा राखे । तिनाउ र दानव नदि किनाराका पक्की बाटो सहितको करिडोर निर्माणको योजना अन्तीम चरणमा पुग्न लागेको बताएका थिए । यस्तै बुटवल देखि नारायणगढ र बुठवल बाट कोहालपुर सम्मको सडकलाई एक्सप्रेस सडकको रुपमा विस्तार गर्ने गरी कार्य अगाडी बढाएको पौडेलको भनाइ छ ।

यस्तै कार्यक्रममा प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुर्र्दशन बरालले शिक्षा क्षेत्रको विकासमा प्रदेश सरकारले योजना चरणबद्ध रुपमा विकास गरेको बताए । मन्त्री बरालले सरकारी क्षेत्रमा सरकारको ठुलोा लगानी गरेको भन्दै उक्त लगानीलाई पुर्णरुपमा प्रतिफल आउने गरी विकास गर्नको लागि सरहकारले विभिन्न योजना अगाडी बढाएको बताएका थिए । यस्तै उनले नीजि विद्यालयहरुको नतिजा राम्रो हुने तर सामुदायि विद्यालयको नतिजा नराम्रो आउने भन्ने र्ईच्छा शक्तिमा भर पर्ने भन्दै शिक्षा क्षेत्रको विकासमा सामुदायिक विद्यालयहरुले निश्चित योजना बनाएर अगाडी बढ्नुपर्ने बताएका थिए । राम्रो गुरुयोजनाका साथ आएका विद्यालयहरुलाई प्रदेश, स्थानिय र संघ सरकारले समेत साथ दिने मन्त्री बरालले बताए ।


कार्यक्रममा प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी, उपप्रमुख गोमा आचार्य,रुपन्देही ब्यापार संघका पुर्व अध्यक्ष टकप्रसाद पोखरेल, बुटवल वडा नम्बर १२ का अध्यक्ष दुर्गा सुवेदी लगायतले बोलेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरुषोेत्तम बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम भट्टराईले विद्यालयको गुरुयोजनाको विषयमा प्रकाश पारेका थिए ।

कार्यक्रम शिक्षक रामप्रसाद बन्जाडेको सञ्चालनमा भएको थियो , सोही कार्यक्रममा विद्यालयले प्रकाशन गरेको स्वर्ण महोत्सव स्मारिका समेत विमोचन गरिएको थियो भने पुर्व अध्यक्ष, दानविर दाताहरु, अक्षयकोष स्थापना गरेका विभिन्न व्याक्तिहरुलाई सम्मान गरिएको छ ।