दोस्रो बुटवल लुम्बिनी खुल्ला लन टेनिस प्रतियोगिताको तयारी

२३ माघ, बुटवल । रुपन्देहीमा दोस्रो बुटवल लुम्बिनी खुल्ला लन टेनिस प्रतियोगिता हुने भएको छ । रुपन्देही लन टेनिस संघ र बुटवल लन टेनिस क्लबको संयुक्त आयोजनामा फागुन ११ गतेबाट दोस्रो संस्करणको प्रतियोगितामा हुने भएको हो ।

बुधबार लन टेनिस कोर्टमा पत्रकार सम्मेलनको आयोजना गरि फागुन ११ देखि १६ गतेसम्म प्रतियोगिता संचालनको तिब्र तयारी गरेको नेपाल टेनिस संघका केन्द्रिय सदस्य तथा रुपन्देहीका अध्यक्ष अशोक गुरुङ्गले बताए । उनले विभिन्न उपसमितिहरु निमार्ण गरेर काम अघि बढेको उनले बताए । प्रतियोगिताको मेन्स सिगलतर्फको विजेताले कपसहित ५० हजार, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद २५ हजारसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

यसैगरि महिला सिगलतर्फको उपाधि विजेताले नगद ५० हजार र उपविजेताले २५ हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि मेन्स सिगल ३५ प्लसतर्फ प्रथमलाई नगद ३५ हजार र दोस्रो नगद २० हजार, मेन्स डबल्स ३५ प्लसतर्फ प्रथमलाई नगद १५ हजार र दोस्रोलाई नगद १० हजार, मेन्स सिगल ४५ प्लसको प्रथमलाई नगद २० हजार र दोस्रोले नगद १० हजार, मेन्स डबल्स ४५ प्लस प्रथमलाई नगद १५ हजार र दोस्रोलाई नगद १० हजार, मेन्स सिगल ५५ प्ससको प्रथमलाई नगद २० हजार र दोस्रोलाई नगद १० हजार तथा मेन्स डबल्स ५५ प्लसको प्रथमलाई नगद १५ हजार र दोस्रोलाई नगद १० हजार, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

संघका सचिव गोपाल ज्ञवालीले काठमाण्डौ, ललितपुर, कास्की र बुटवलसहित आर्मीका बिचमा खेलिदै आएको यो खेलको पछिल्लो समयमा आम नागरिक र युवा वर्गमा आर्कषण बढेको बताए । प्रदेशस्तरमा ३, ४ र ५ यो खेल बढी खेलिने गरेको छ ।

कार्यक्रममा संघका सल्लाहकार अर्जुनमान सैजु, देवसिद्ध टोल समितिका अध्यक्ष पूर्णानन्द गीरिले बोलेका थिए ।