देवीस्थानमा काव्य वाटिका हुदै 

चक्रपाणी डुम्रे 
२७ माघ, तिलोत्तमा । रूपन्देहीको नयाँमिल स्थित दुर्गा वैदिक परमानन्द संन्यास आश्रममा वार्षिक गुरु भण्डाराको पूर्वसन्ध्यामा साहित्यिक कार्यक्रम  “परमानन्द काव्य सरिता”को आयोजना गरिएको छ ।
परमानन्द छात्र कल्याण परिषद् र दुर्गा वैदिक पुर्व विद्यार्थी मंच को संयुक्त आयोजनामा यहि माघ २९ गते कार्यक्रम आयोजना गरिएको मंच का अध्यक्ष दीपक गैरेले बुलेटिन नेपाल लाई जानकारी दिए ।
आगामी मंगलवार हुने कार्यक्रम साझ ७ बजे बाट सुरू हुने र  कार्यक्रममा नेपाल सस्कृत विश्वविद्यालयका केन्द्रिय वेदान्त विभागका अध्यक्ष सह प्राध्यापक वरिष्ठ साहित्यकार नारायण नेपालको  प्रमुख आतिथ्यता कार्यक्रम संयोजक विजय रेग्मीले जानकारी दिए । दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्राङ्गणमा विशेष २२औ वार्षिक गुरू भण्डाराको पुर्वसन्ध्यामा हुने कार्यक्रममा नेपाल सन्त समाजका अध्यक्ष श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती , श्री दुर्गा वैदिक परमानन्द सन्यास आश्रमका आश्रमाधिपती श्री १००८ स्वामी विवेकानन्द सरस्वती ,डा. मुरारी पराजुली , कविराज पाण्डे , डा. बाबुराम ज्ञावाली, कृष्ण डुम्रे लगायत  विभिन्न सन्त गुरुहरु र देशभर रहेका विशिष्ट साहित्यकारहरुको उपस्थिति रहने बताइएको छ ।
करिब ५०० जना दर्शकहरूको सहभागीको अपेक्षा राखिएको कार्यक्रममा ७० भन्दा बढी सर्जकले आफ्नो रचना प्रस्तुतिको लागी नाम दर्ता गराइसकेेेका छन ।