दुर्गादत्तमा खेलसप्ताह सम्पन्न, आइतबार वार्षिकोत्सव हुने

छायाँ पन्थ

२५ माघ, तिलोत्तमा । तिलोत्तमा २ मा रहेको शंकरनगर दुर्गादत्त मा विले आफ्नो ५४ औँ वार्षिकउत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्र्तगत खेल सप्ताह सम्पन्न गरेको छ ।

बार्षिकउत्सवको अबसर पारेर बिद्यालयले गत सोमबारदेखि खेल सप्ताह संचालन गरेको थियो  ।साताव्यापि बिभिन्न कार्यक्रम पश्चात बिद्यालयले आइतबार बसन्त पञ्चमी सरस्वती पूजाको दिन आफ्नो बार्षिकउत्सव तथा अभिभावक दिबस मुल समारोहको आयोजना गरेको छ । कार्यक्रमको प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

साताब्यापि रुपमा संचालित खेल सप्ताहमा बिद्यार्थिलाई भलिवल, क्रिकेट, सट पुट, म्युजिकल चेयर, म्याथ रेस, सेक रेस, लङ्ग जम्प, हाई जम्प, स्वीट रेस, बेलुन ब्लास्ट लगायतका खेलहरु खेलाइएको बिद्यालयका खेल संयोजक शिक्षक प्रकाशलाल श्रेष्ठले जानकारी दिए ।

आज विद्यालयमा बिद्यार्थीहरुले बिभिन्न समूहमा नृत्यसमेत प्रस्तुत गरेका थिए । नृत्य प्रतियोगितामा उत्कृष्ट स्थान प्राप्त समूहलाई बार्षिकउत्सवको दिन पुरस्कार प्रदान गर्ने साथै सोही दिन अक्षयकोष छात्रवृत्ति समेत वितरण गर्ने विद्यालयले जनाएको छ ।