चौथौ शहिद स्मृति कप खुल्ला नकआउट फुटबल प्रतियोगिताको तयारी पुरा

२५ माघ, बुटवल । २३ औ जनयुद्ध दिवसको अवसरमा शहिद स्मृति खेलकुद क्लबको आयोजना तथा मदन भण्डारी स्र्पोटस एकेडेमीको सहकार्यमा बुटवलमा चौथौ शहिद स्मृति कप खुल्ला नकआउट फुटबल प्रतियोगिता २०७५ हुने भएको छ ।

फागुन १ गतेबाट रामनगर खेलमैदानमा हुने प्रतियोगिताको सबै तयारी पुरा भएको शुक्रबार पत्रकार सम्मेलन गरि अध्यक्ष योगेन्द्र गौतमले बताए । प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख १ हजार, मेडल, कप, प्रमाणपत्र तथा उपविजेतालाई नगद ५० हजार ५ सय सहित मेडल प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

कार्यक्रममा मदन भण्डारी स्र्पोटस एकेडेमी बुटवल उपमहानगरपालिकाका अध्यक्ष विकास जंग बस्नेतले युवाहरुको आर्कषणका रुपमा खेलकुदलाई जोडेर कार्यक्रमहरु गर्दे प्रयासहरु भैरहेको बताए । कार्यक्रममा प्रचार विभाग संयोजक विजय आचार्यले फर्साटिकर एकेडेमी, फर्साटिकर फुटबल क्लब, सयपत्री युवा क्लब, सुनौलो संगम युवा क्लब, संयुक्त युवा क्लब, सिद्धार्थ युवा क्लब चपरहटी, नवयुवा क्लब, माउण्ट स्टार युथ क्लब, देशभक्त युवा क्लब नवलपरासी र नवलपरासी ११ गरि १० टिमले उपाधिका लागि प्रतिस्प्रर्धा गर्ने बताए । कार्यक्रमको उदघाटन प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले गर्ने छन ।