चैत ९ गते बुटवलमा कन्दरा

११ फागुन, बुटवल । लामो समयपछि नेपाली संगितमा नाम चलेको कन्दरा ब्याडले बुटवलमा आफनो प्रस्तुति दिने भएको छ ।

करीब १२ वर्षपछि बुटवलमा खुल्ला कार्यक्रममा आउने भएको हो । आवश्यक तयारी नपुग्दा फागुन ६ गते भनिएको कार्यक्रमलाई चैत ९ गते सारिएको हो । तामरिङ्ग म्युजिक सेन्टर र शिवनगर युवा परिवारको आयोजनामा हुने कार्यक्रमको तयारी तिब्र भैरहेको भक्त थापाले बताए । नेपालका पुरानो संगितकर्मीहरुको सम्मानसंगै सामाजिक कार्यमा सहयोग गर्ने लक्ष्यसहित कार्यक्रम गरिएको उनले बताए ।

बुटवल मण्डपमा हुने सागितिक कार्यक्रममा कन्दरासंगै नेपाल आईडियल सिजन २ को टप फाईभका अमित बरालसहित स्थानिय अमेध्यं ब्याडको समेत प्रस्तुति रहने छ ।

कन्सर्ट आयोजनाबाट बचेको रकम सामाजिक कार्यमा लगाईने उनले बताए । बुटवलमा रहेको मानव सेवा आश्रमलाई सहयोग गर्ने बताए । स्पोन्सर आधिकारीक रुपमा हुन सकेको छैन तर पनि सहयोगको आशा रहेको उनले बताए । स्थानियबाट गरिने कार्यक्रममा स्पोन्सरको समस्या रहने उनले गुनासो गरे ।

कन्दराले अहिलेसम्म करीब ९ वटा एल्बम निकालेको छ । दमक, धरान, चितवन, उर्लाबारी, झापाको विर्तामोड, दमौली हुदै कन्दरा बुटवलमा आउन लागेको हो । प्रवेशका लागि ३ सय ५ सय दरको टिकट राखिने भएको हो ।

कुल ९ लाख ६२ हजार खर्च अनुमान हुने कार्यक्रममा विभिन्न ब्यवसायिक संघसंस्थाहरुबाट आर्थिक सहयोग हुने प्रचार संयोजक जीत बहादुर पुनले बताए ।