चर्चा बटुल्दै लोकेन्द्रको स्वस्थानी भजन ( भिडियो सहित )

चक्रपाणी डुम्रे
२१ माघ ,बुटवल । यतिबेला स्वस्थानी व्रत चलिरहेको छ। पहिला पहिला गाउँ घरमा सबैजना जम्मा भएर स्वस्थानी को कथा सुन्ने भजन किर्तन गर्ने रमाइलो गर्ने गरिन्थ्यो । तर हिजो आज भने त्यसरी जम्मा भएर कथा रमाइलो गर्ने चलन निकै कम हुदै गएको पाइन्छ । बरू सुन्न चहानेले घरमै टि.भी. ,रेडियो ,मोबाइल ,युटुब आदिमा सुन्ने हेर्ने गर्दछन अथवा परिवार सदस्यले मात्र पढ्ने सुन्ने गर्दछन । त्यस्तै ऐले गाउँ सहरमा स्वस्थानी व्रत चल्दै गर्दा स्वस्थानी भनन पनि सुन्ने, हेर्ने ,भक्ति भाव जगाउने क्रम भने चलन भने उत्तिकै छ।

यसै परिस्थितिलाई मध्यनजर गरेर नेपाली गीत संगीतका क्षेत्रमा भजनको स्थानलाई जोगाउन अहिले बजारमा स्वस्थानी पर्व लाई केन्द्रित गरेर ल्याइएको लोकेन्द्र सापकोटाले आठौ भजन स्वस्थानी परमेश्वरि ल्याएका छन ।

जसले नेपाली मिडियामा निकै चर्चा बटुलेको छ । आफ्नो भजनले अनपेक्षित सफलता बटुल्दै गर्दा सापकोटाले  बुलेटिन नेपालसंगको कुराकानिमा यसको सफलताले आफुलाई नेपाली भजनको उन्नयनमा लाग्ने प्रेरणा मिलेको बताए । सापकोटा बिगत ५ वर्ष देखि निरन्तर नेपाल गीत संगीतको उचाईलाई बढाउन लगिरहेका छन् ।

यस भजनमा महादेव पति पाउ भनी पार्बतिले पौष शुक्ल पुर्णिामा देखि माघ शुक्ल पुर्णिामा सम्म श्रद्धापुर्वक श्री स्वस्थानी परमेश्वरिको पुजाआजा र व्रत गरि महादेव पति पाएको १२औं अध्याय देखि १४ औं अध्याय सम्मको कुरालाई समेटिएको छ ।

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस..