एभरेष्टको खेलकुद सकियो

झबिन्द्र देवकोटा

२३ माघ, बुटवल । बुटवल सुख्खानगरस्थित एभरेष्ट इङलिस बोर्डिङमा जारी खेलकुद सप्ताह बुधबार सम्पन्न भएको छ ।

विद्यार्थी, शिक्षक तथा कर्मचारीमा खेलकुदको विकासका लागि विद्यालयले हरेक बर्ष आयोजना गर्ने कार्यक्रम अन्र्तगत सञ्चालित खेलकुद सप्ताह सम्पन्न भएको हो । खेलकुद सप्ताहको अन्तिम दिन बुधबार विद्यार्थीको स्लो साइकल रेस, म्युजिकल चेयर लगायतका खेलहरु सम्पन्न भएका हुन । सप्ताह अन्तरगत स्लो साइकल रेसतर्फ बेदान्त थापा, सनिस जि.सी. र दिव्यार्जन मल्ल क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् भने म्युजिकल चेयरमा प्राची बेल्बासे, जमुना पाण्डे र आरजु नेपाल क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् ।

शिक्षक कर्मचारीको खेलतर्फ महिला पुरुष भलिबल, टेबुलटेनिस, म्युजिकल चेयर र घैटो फोड लगायतका प्रतियोगिता सम्पन्न भए ।
उक्त प्रतियोगितामा महिला भलिबलतर्फ प्रिती थापाको समुह प्रथम भएको छ भने पुरुष भलिबलतर्फ यातायात कर्मचारीको समुह प्रथम र नि.मा.वि. शिक्षकहरुको समुह द्वितीय भएका छन् । त्यसैगरी टेबुलटेनिसमा निशान बाबु कार्की प्रथम, सम्स खान द्वितीय र क्षितीज कुँवर र सचित थापा क्षेत्रीले तृतीय स्थान हासिल गरेका छन् । म्युजिकल चेयरमा सरस्वती पाण्डे प्रथम, बिन्दु न्यौपाने द्वितीय र मञ्जु कार्की तृतीय भएका छन् भने घैटो फोडमा सीता भण्डारी बिजय भइन ।

खेलकुद सप्ताहको समापन कार्यक्रममा प्राचार्य कृष्ण न्यौपाने, वरिष्ठ सह प्राचार्य माधवप्रसाद आचार्य, कार्यक्रम सयोजक तथा सह प्राचार्य भीमसेन गौतम लगायतले बिजयी विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई पुरस्कार बितरण गर्दैको शारीरिक र मानसिक विकासका लागि खेल महत्वपूर्ण भएको बताए ।