आतंककवादीको हमलामा ४० जवान सहिद, प्रधानमन्त्री ओलीद्धारा दु:ख व्यक्त

३ फाल्गुन, काठमाण्डौ । छिमेकी राष्ट्र भारतको जम्मु–कास्मिरमा ४० जनाकोा ज्यान जानेगरि हिजो भएको आतंकवादी हमलाको भत्र्सना गर्दै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोन सम्पर्क गर्दै बिहिबार सााझ घटनाप्रति दुःख एवं मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले एक ट्वीट गर्दै भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोन सम्पर्क गरेर कास्मिर घटनाको भत्र्सना एवं दिवंगतप्रति श्रद्धाञ्जली व्यक्त गरेको जनकारी सार्वजनिक गरेका हुन ।

कास्मिरको पुलवालामा बिहीबार दिउँसो जैस–ए–मोहम्मद नामक आतंकवादी समूहले विस्फोटक पदार्थले भरिएको गाडी भारतीय सेन्ट्रल रिजर्भ पुलिस फोर्स चढेको गाडीमा ठोक्काएको थियो ।

सुरक्षाकर्मी चढेको बस जम्मुकास्मिरबाट श्रीनगरतर्फ गइरहेको थियो । भारतीय सञ्चार माध्यमहरुले जनाएअनुसार, विस्फोटमा परी हालसम्म ४० सुरक्षाकर्मीको ज्यान गएको छ ।