होराइजन जिबिएसमा निशुल्क आँँखा शिविर, आँखा कसरि स्वास्थ राख्ने ?

२० पुस, बुटवल । होराइजन जिबिएस स्कुल तिलोत्तमा १ ड्राईभरटोलमा दुई दिने निशुल्क आँखा शिविर कार्यक्रम आज शुरु भएको छ । शिविरको पहिलो दिन आज ५ सय बढि बिद्यार्थीको आँखा जाँच गरिने बिद्यालयले जनाएको छ ।

बुटवल लायन्स आँखा अस्पतालको प्राविधिक सहयोगमा शुरु भएको शिविर सोमवार सम्पन्न हुने छ । शिविरमा बिद्यार्थीहरुका आँखा जाँच गरिनुका साथै आखाँको बचाउनका लागि परामर्स समेत दिईएको छ ।

शिविरमा बुटवल लायन्स आँखा अस्पतालका प्राविधिक गंगा बहादुर बुढा, मदन बास्तोला र सुनीता न्यौपानेले आखा जाँच गरेका थिए । शिविरबाट आँखामा समस्या देखिएका बिद्यार्थीहरुलाई आवश्कता अनुसार निशुल्क चश्मा उपलब्ध गराईने शिविरका प्रविधिक गंगा बहादुर बुढाले जानकारी दिए ।

आँखालाई कसरी स्वास्थ राख्ने ?

अहिले आँखाको समस्या धेरै मानिसमा देखिएको छ । आँखा महत्वपूर्ण अंग भएकोले यसको बहुउपयोग रहेको छ । तसर्थ आँखामा समस्या आउनुमा हाम्रो खानपान र जीवनशैलीमा पनि भर पर्दछ । यसरी आँखामा तेज बढाउन सकिन्छ ।

– बिहान उठेर सफा पानी आँखामा छ्याप्ने ।
– आँखा क्रमशः कमजोर हुँदै गएको महसुस भइरहेको छ भने कपालमा रङ, हेयर डाई र रसायनयुक्त स्याम्पू प्रयोग नगर्ने ।
– एक चम्चा त्रिफला राति माटोको भाँडोमा भिजाउने र बिहान कपडाछान गरी  आँखा धुने ।
– बिहान सूर्योदयअघि उठेर घाँसमा खाली खुट्टा १५–२० मिनेट हिँड्ने । यसो  गर्दा आँखाको ज्योति क्रमशः बढ्दै जान्छ ।
– तोरीको तेलले पैतला नियमित मालिस गर्ने । नुहाउनुभन्दा १० मिनेटअघि
खुट्टाका औँलामा तोरीको तेल दल्नाले पनि लाभ मिल्छ
– पालक, बन्दाकोभी, हरियो सागसब्जी र पहेँलो फलफूलजस्ता भिटामिन ए युक्त खानेकुरा सकेसम्म बढी       खाने  । यस्ता फलफूल र तरकारी खानाले  रतन्धो लाग्ने जोखिम पनि कम हुन्छ ।
–एकरदुइटा गाजर दिनहुँ खाने । गाजरको रस निकालेर खाना खाएको एक  घण्टापछि पिउने बानी बसाल्ने ।
–नियमित रूपमा अंगुर खानाले राति आँखा कम देख्ने समस्या हट्दै जान्छ ।
–१० ग्राम सुकुमेल र २० ग्राम सुपका दाना राम्रोसँग पिस्ने । यसरी पिसेको चूर्ण  एक चम्चा दूधसँग नियमित खाने ।
– सुकेको अमला राम्रोसँग पखालेर राति पानीमा भिजाउने । भोलिपल्ट दिनमा तीनपटक अमला भिजाएको             पानी कपासको मद्दतले आँखामा हाल्ने ।  र, भिजाएको अमला खाने । नियमित यसो गर्नाले तीन महिनामै             ठूलो अन्तर महसुस हुन्छ ।
–बन्दाकोभीको पत्तामा सिधेनुन र कालो मरिच छरेर खानासँगै नियमित खाने ।
–आँखा कमजोर छ भने सुत्नमा कञ्जुस्याइँ नगर्ने । कम सुत्नाले आँखा अझ कमजोर हुँदै जान्छ।
–राति ओछ्यानमा पल्टिएर नपढ्ने ।
– आँखा कमजोर छ भने हरेक दिन भोजनमा प्याज र लसुनलाई समेट्ने गर्नुपर्छ । लसुन र प्याजमा सल्फर            पाइन्छ, जुन आँखा तेजिलो बनाउन  उपयोगी हुन्छ।
– भटमास अथवा भटमासबाट बनेका परिकार खाने गर्ने । यसमा पाइने फ्याट, फ्याटी एसिड, भिटामिन
–ईलगायत तत्व आँखाका लागि लाभदायक हुन्छन् ।
– पल्टिएर लामो समयसम्म लगातार टीभी नहेर्ने ।