सुख र दुःखमा एकरूपता

ज्यो.चक्रपाणी डुम्रे (शास्त्री)

जिवनमा उतारचढाव आइरहन्छन् । यस्तो उतार चढावमय जिवनमा आफुलाई सन्तुलित राख्नु सबैभन्दा महत्वपूर्ण कुरा हो । कहिलेकाहीँ बाहिरी हल्लाखल्ला वा समस्या त कहिलेकाहीँ आफ्नै दिमागमा चलिरहेको हलचलले हामीलाई अस्थीर बनाउँदछ र आफुलाई सन्तुलित राख्न निकै गाह्रो हुन्छ ।

यस्तोमा दिमागलाई शान्त तथा सन्तुलित राख्नका लागि हरेक परिस्थितिलाई परिवर्तन शिल बुझ्दै समान रहनु आवश्यक हुन्छ। सुखस्यानन्तरं दु:खं दुखस्यानन्तरं सुखम् । सुखंदु:खं मनुष्याणां चक्रवत परिवर्तते ।। ” सुख पछि दु:ख र दु:ख पछि सुख आउँछ। सुख र दु:ख त मनुस्य जीवनमा चक्रझै परिवर्तन भइरहन्छन् । ” नितिले भने जस्तै मानव जीवनमा सुख -दुःख ,हर्ष -विषाद ,लाभ- हानी ,जय- पराजय , सफलता – असफलता आदिजस्ता कुराहरू बारम्बार आइ नै रहन्छन् ।

यी कुनै पनि अवस्था मनुष्य जीवनमा नित्य छैनन् ।यदि नित्य छ भने तो चिज हो आत्मा ।तसर्थ जस्तोसुकै परिस्थितिमा पनि मनिसले आफ्नो मनमा हलचल पैदा हुन दिन हुदैन ।मनलाई बिचलित हुन दिन हुदैन ।हरेक परिस्थितिमा समभाब राखेर निरन्तर मानिसले आफ्नो कर्तव्य प्रति उत्तरदायी भएर लाग्यो भने सफलता प्राप्त गर्न त्यति गाह्रो पर्दैन । गीतामा भनिएको छ-” दु:खेष्वनुदिग्नमना: सुखेषु विगतस्पृह:। वीतरागभयक्रोध: स्थितधीर्मुनिरूच्यते ।।” जस्तै : दु:ख प्राप्त हुदा जसको मन उद्बिग्न या विचलित भएको हुदैन र सुख प्राप्तिमा पनि तृष्णा ,लालसा आदि आसक्ति पैदा भएको हुदैन जो नि:स्पृह रहन्छ र जसको राग, भय, क्रोध ,आदि नष्ट भएका छ्न् ।

त्यस किसिमको मानिसलाई नै स्थिरबुद्धिवाला भनिन्छ । जसलाई सुखदुःख आदि द्वन्द्वहरूले बिचलित पार्न सक्दैन र जो माया,मोह,काम,क्रोध,भय,त्रास आदिबाट पनि विक्षिप्त बन्दैन ,उसको बुद्धि स्थिर भएर रहन्छ । जसको मन दृढ छ ।आफ्नो उदेश्य प्रति स्थिर र अटल भैसकेको छ, जसको मन जस्तोसुकै निन्दा,तिरस्कार,अपहेलना आदिबाट बिचलित हुदैन ,जो सुखप्राप्तिमा उन्मादयुक्त पनि बन्दैन र दुबैमा स्थिर रहन्छ ।त्येस्ता मानिसले परिवर्तन को रहस्यलाई बुझ्न सक्दछ्न् । अन्ततःवास्तविक आनन्द प्राप्त गर्दछ्न् । हिजोआज मानिस निकै चिन्तित देखिन्छन् । कोहि केहि गुमेकोमा चिन्तित छन् त कोहि इच्छाय को चिज नपाउदा चिन्तित छन् ।

जे होस् हाम्रो तनाव,पीर चिन्ता र अशान्ति कारण हामिले इच्छायको नहुनु हो।हामिले चाहेजस्तो नहुनु हो । यदि तपाई धनसम्पती गुमेकोमा दु:खी हुनुन्छ भने दु:खी नहुनुस् होइन धनसम्पत्ती पाएकोमा तपाईं यदि खुसी हुनुन्छ भने पनि खुसी हुनुको अर्थ छैन । किनभने यी धनसम्पतीका कारण आउने भौतिक सुख सुबिधा भोलि नहुन पनि सक्छ छैन भने भोलि हुन पनि सक्छ । सुखदुःख त क्षणिक छन् आउछन् जान्छन् । त्यसलाई बिर्सेर वर्तमानलाई अझ परिणानात्मक बनाउनु उत्तम हुन्छ । त्यसैले,अखण्ड प्रसन्न हुने प्रयास गरौं दु:खमा पनि आनन्दित बनौं, जे गुमे पनि ।

भौतिक वस्तु चाहे हुन चाहे नहोउन तर आफ्नो अस्तित्व लाई गुम्न नदिउ ।सुख र दुःखमा समान रहेर आफ्नो अवस्था लाई बिचलित हुन नदिए मात्र जीव न सार्थक बन्नेछ। अस्तु ।

(लेखक नेपाल ज्योतिष परिषद् रूपन्देहीका अध्यक्ष हुन् )