सामाजिक सुरक्षा योजना २०७५ सम्बन्धी अन्तक्र्रिया कार्यक्रम सम्पन्न

२५ पौष, बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा सामाजिक सुरक्षा कोष तथा योगदानमा आधारित सामाजिक सुरक्षा योजना सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
संघका अध्यक्ष गणेश प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि संघका पूर्व अध्यक्ष तथा नेपाल उद्योग परिसंघ प्रदेश नं.५ को संयोजक एजाज आलम रहनु भएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि एजाज आलमले सरकारले अगाडि सारेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा उद्योगीहरु चनाखो हुनुपर्ने बताउँदै अप्ठ्यारा बिषयहरुलाई सुझाव दिंदै जानुपर्ने धारणा राख्नु भएको थियो । संघका अध्यक्ष गणेश प्रसाद अधिकारीले प्रभावकारी रुपमा अगाडि बढाउनु पर्नेमा जोड दिंदै उद्योगीहरुलाई यस्ता कोष तथा नीति नियमहरुका सम्बन्धमा जानकार हुनुपर्ने बताउनु भएको थियो । अन्तक्रिया कार्यक्रमको सहजीकरण श्रम तथा रोजगार कार्यालयका इन्जिनियर पर्बत श्रेष्ठ र नायव सुब्बा रोमलाल पुरीले गर्नु भएको थियो । पुरीले सरकारले हालसालै अगाडि बढाएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाका सम्बन्धमा जानकारी गराउनु भएको थियो ।
अन्तरक्रिया कार्यक्रममा उठेका जिज्ञासाहरुको जवाफ कारखाना निरीक्षक ईन्जिनियर पर्वत श्रेष्ठ र रोमलाल पुरीले दिनु भएको थियो ।
संघले नेपाल सरकारले अगाडि सारेका नीति, नियम तथा कार्यक्रमहरुलाई निरन्तर रुपमा सदस्य उद्योगीहरुलाई जानकारी गराउँदै आएको छ ।
कार्यक्रमको स्वागत संघका वरिष्ठ उपाध्यक्ष, बाबुराम बोहोराले गर्नु भएको थियो भने संचालन महासचिव कृष्ण पराजुलीले गर्नु भएको थियो ।
कार्यक्रम संघका पदाधिकारी, सदस्य, क्षेत्रीय समितिका संयोजक, वस्तुगत समितिका संयोजक, उद्योगी लगायतको सहभागिता रहेको थियो ।