शैक्षिक सामाग्री वितरण

बसन्तराज बराल
२६ पुस, बुुटवल । इनरव्हल क्लव अफ रूपन्देहीले शैक्षिक सामाग्री तथा खाजा वितरण गरेको छ ।

क्लवले शुक्रबार एक कार्यक्रमको आयोजना गरी शैक्षिक सामाग्री वितरण गरेको हो । बुटवल १ अबस्थित बुटवल मा।बि। मा कार्यक्रमका बिच ३३० जना बिधार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि बुटवल उपमहानगरपालिका वडा नं. १ का अध्यक्ष महेन्द्र लिगल ले संस्थाको सामाजिक कार्यमा नगरपालिका सहकार्य गर्नको लागि प्रतिबद्धता भएको बताए साथै कक्षा १ मा अध्ययनरत बिद्यार्थी एन्जिला कुॅवरलाई बुटवल मा. बि. अध्ययन गरीन्जेल सम्म सबै खर्च आफूले व्यहोर्ने बताए । कार्यक्रममा विशिष्ट अतिथि रो. पिताम्बर ज्ञवाली, बुटवल मा.बि का प्रधानध्यापक अकरा मुल्लाह खॉ अतिथि विधालय व्यवस्थापन समितिका अध्यक्ष बिमल राज शाक्य, रो. तुलसी घिमिरे लगाएतले बोलेका थिए ।

संस्थाकी अध्यक्ष हेमा न्यौपानेकोअध्यक्षतामा, संयोजक सिमा वनको स्वागत र सचिव उमा अर्यालको संञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।