शिक्षकमाथि गुण्डागर्दी शैलिमा कुटपिट, आक्रोसित बिद्यार्थीले गरे गाडिमाथि ताडफोड

२७ पुस, बुटवल । न्यु होराईजन कलेज ड्राईभरटोलमा एक अभिभावकले गुण्डागर्दि शैलिमा शिक्षकमाथी कलेज हाताभित्रै कुटपिट गरेका छन ।

आफ्नो भतिजलाई शिक्षकले कक्षाकोठामा पढाउने क्रममा थप्पड हानेको भन्दै ड्राईभरटोलका राजेन्द्र गुप्ताले शिक्षकमाथी कुटपिट गरेका हुन ।

गुण्डागर्दी शैलिमा गाडि हुईक्याउदै अन्य ३ जना सहित  आएका गुप्ताले कलेज बिचग्राउण्डमा गाडी रोकेर कलेज परिसरमा घाम तापेर बसेका शिक्षक सुर्य बहादुर भण्डारीलाई एक्कासि झम्टिएका थिए । प्रत्यक्षदर्शीका अनुसार गुप्ताले  मुक्का र लात्ति प्रहार गरेका थिए ।

घटना पश्चात राजेन्द्रसग आएका  एक जना  फरार भए भने आक्रमणमा सम्लग्न राजेन्द्रपनी गाडी लिएर भाग्न खोजेका थिए ।

शिक्षक कुटिएपछि आक्रोसित बनेका बिद्यार्थीले गुप्ताको बा १८ च ८३८७ नम्बरको गाडिमा तोडफोड गरेका छन । सो क्रममा तोडफोड रोक्न खोज्दा एक प्रहरी समेत घाईते भएको वडा प्रहरी कार्यालय बुटवलका ईन्स्पेक्टर हेम केसीले जानकारी दिए ।

कुटपिट गरेको स्विकार गरिसकेको अबस्थामा पनि गुप्तालाई प्रहरिले बाहिर निकाल्न ढिलासुस्ति गर्दा घटना लम्बिएको प्रत्यक्षदर्शीहरु बताउछन ।

साझ अबेर दुवैपक्ष बसेर मिलापत्र गरेको ईलाका प्रहरी कार्यालय बुटवलका  डिएसपि दिल बहादुर मल्लले जानकारी दिए ।

 

शिक्षकले बिद्यार्थीमाथि अन्याय नै हुनेगरि कुटपिट गरेको भए कलेज प्रसासनसंग छलफल गरेर कुरा अगाडि बढाउन सकिने बाटो हुदाहुदै गुण्डागर्दी शैलिमा शिक्षकमाथि हातपात हुनु निन्दनीय भएको  क्याम्पस प्रसासनले बताएको छ ।