विद्यालयको १० औं बार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न

२५ पुस, बुटवल । बुटवल ११ मा रहेको मायादेवी आधारभुत विद्यालयको १० औं बार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ ।

विद्यालयको बार्षिक उत्सवको अवसरमा विभिन्न व्यक्तिहरुले अक्षयकोष स्थापना गरेका छन् । बुधबार भएको बार्षिकउत्सव कार्यक्रममा गरिव, विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि अक्षयकोष स्थापना गरिएको हो ।

समाजसेवी धन बहादुर कामी बुर्तिवाङगेले ५१ हजार १ सय ५१, नेपाल मगर महिला संघले ५ हजारको अक्षयकोष स्थापना गरेका हुन । त्यस्तै डा. खिमानन्द पाण्डेले ४८ हजारको छात्रबृद्धि समेत प्रदान गरेका छन् । कार्यक्रममा लायन्स क्लव अफ बुटवल मखमलीकी अध्यक्ष प्रिया गुरुङ, लायन्स क्लव अफ बुटवल विश्वदिपका अर्जुन विश्वकर्मा, बरिष्ठ समाजसेवी धन बहादुर कामी, सेतो गुरास बाल विकास सेवाका अर्जुन तामाङ लगाएतले बोलेका थिए ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर गुरुङको अध्यक्षता तथा प्राचार्य माधव लोहनीको सञ्चालनमा सम्पन्न भएको थियो ।