लायन्स स्टार्सद्धारा पानी शुद्धिकरण गर्ने मेसिन हस्तान्तरण

२७ पुस, बुटवल । लायन्स क्लब अफ बुटवल स्टार्सले शुक्रबार ज्ञानद्धोय माध्यमिक विद्यालयमा पानी शुद्धिकरण गर्ने मेसिन हास्तान्तरण गरेको छ ।

क्लबले मिलभिन जोनको जन्म उत्सवको अवसर पारेर विद्यालयलाई पानी शुद्धिकरण मेसिन हस्तान्तरण गरेको क्लवका अध्यक्ष एम जे एफ एमएल पाण्डेयले बताए । उनले विद्यालयमा विद्यार्थीहरुको स्वास्थ्थलाई अवस्थालाई मध्येजनर गर्दे आफुहरुलपानी शुद्धिकरण गर्ने मेसिन प्रदान गरेको बताए ।

यो विद्यालयलाई क्वलले आवश्यक परेका सामानहरु खेलकुद ,स्टेनरी, विद्यालय पोशकहरु आवश्यक परेको समयमा सहयोग गर्ने प्रतिवद्धता व्यतm गरे ।

मिलभिन जोनको १४० औ जन्म उत्सवको अवसर पारेर संस्थाले सप्ताह व्यापी कार्यक्रम आयोजना गरिरहेको छ । त्यसै कार्यक्रम अन्तरगत शुक्रबार ज्ञानदोय मावि लाई पानी शुद्धिकरण मेसिन प्रदान गरिएको हो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर कार्कीले यस्ता संस्थाहरुले गर्ने सहयोगले विद्यालयको व्यवस्थापनमा महत्वपुर्ण सहयोग हुने बताए । उनले आगामी दिनमा पनि विद्यालयका लागि सहयोग गर्न आग्रह गरे ।
हस्तान्तरण कार्यक्रममा पिडिजी एमजेएफ महेन्द्रनारायण श्रेष्ठले लायन्स अन्तरष्ट्रिय कार्ययोजना अनुसार मधुमेह,अनाथ असाय, आँखा र दात सम्बन्धी सहयोग गरेको र जहाँ लायन्स हुन्छ त्यहाँ गरिव र दुखीले साथ पाउछ भन्ने मान्यतालाई आत्मसाथ गर्दे अगाडी बढिरहेको बताए ।


त्यसैगरी डिस्टीक कोषाध्यक्ष एमजेएफ सुनिता श्रेष्ठ, रिर्जन चेयर्सपर्सन अनिल श्रेष्ठ, जोन चेयस पर्सन तथा सस्थापक अध्यक्ष एमजेएफ सन्दीप कसौधन,एसिरया कोचिप तथा निवर्तमान अध्यक्ष एमजेएफ आशिषकृष्ण श्रेण्ठ, प्र अ टिकाराम पौडेल लगायतले बोलेका थिए । २५ हजार बराबरको पानी शुद्धिकरण गर्ने मेसिन विद्यालयलाई हस्तान्तरण गरिएको कार्यक्रम संयोजक रिन्कु लिगलले बताए ।