रेडियो जागरण १२ औं वर्षमा : राष्ट्रिय रुपमैं मुद्धा बनाएर दलित शब्द हटाउंनु पर्नेमा जोड

२३ पौष, बुटवल । समानता र न्यायूर्ण समाज निर्माणमा मुलुक अगाडि बढेको भन्दैं दलित अगुवाहरुले दलित मुक्ति आन्दोलनको लडाईमा जीत हासिल गरेकामा जोड दिएका छन् । उनीहरुले मुलुकमा सामन्ती युगको अन्त्य भई समानता र न्यायपूर्ण युगमा प्रवेश गरेको बताएका छन्

रेडियो जागरण ९३.६ मेगाहर्ज, बुटवलले १२ औं वर्ष प्रवेशका अवसरमा आयोजित रेडियो जागरण र दलित आन्दोलन विषयक अन्तरक्रियामा बोल्ने दलित अगुवाहरुले राष्ट्रिय रुपमैं मुद्धा बनाएर दलित शब्द हटाउंनु पर्नेमा उनीहरुले आवश्यकता औल्याएका छन् । वक्ताहरुले सबै प्रकारका विभेद अन्त्यका लागि दलित–गैरदलितबीच अन्तरघुलन भई रेडियो आवाजको कुल घर बन्न आग्रह गरेका थिए ।

कार्यक्रममा बोल्दैं जिल्ला समन्वय समिति,रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले दलित जातिका परम्परागत पेशा–व्यवसायीलाई आधुनिकरण गदैं राज्य अगाडि बढे समृद्धिको बाटो टाढा नभएको बताउंनुभयो । उहांले दलिहरु सक्षम भए आरक्षण नलिने बताउंदैं १५ वर्षपछि आरक्षणको आवश्यकता नपर्ने दावी गर्नुभयो ।तिलोतमा नगरपालिकाका प्रवक्त सुरेन्द्र श्रीले नयां सोच र प्रविधिका साथ रेडियो अगाडि बढुन आग्रह गर्नुभयो ।

रेडियोका अध्यक्ष तथा पूर्व सांसद बिनोद पहाडीले सबै प्रकारका विभेद र न्यायका लागि रेडियोले लगातार आवाज उठाउंने बताउंनुभयो । रेडियोका अध्यक्ष बिनोद पहाडीको अध्यक्षता,स्टेशन म्यानेजर बिनोद परियारको सञ्चालनमा भएको कार्यक्रममा परियार समाज, रुपन्देहीका अध्यक्ष लोकबहादुर नेपाली, महासचिव तिलक परियार,कपडा तथा सिलाई व्यवसायीका केन्द्रीय सदस्य रामकुमार रणपाल,नेकपाका नेता जुद्धबहादुर विक,शान्ता रोकाहा,सोनार खटिक,कृष्ण घेले,माया दर्नाल,कमला सुनार,रेवन्त विश्वकर्मा,टीका परियार,यमकली सुनार,शमसेर नेपाली,सर्वजीत नेपाल,मनु खड्का,अमृत विश्वकर्मा,बुद्धिराम हरिजन,हस्त हिताङ,नेत्र रुचाल,सुवास परियार लगायतले बोल्दैं दलितहरुको मुक्तिको लागि दलितहरु एकजुट हुंनुपर्ने बताएका थिए ।