रुपन्देही मिष्ठान्न तथा क्याटरिङ ब्यवसायी संघको १४ औं साधारणसभा सम्पन्न

२८ पुस, बुटवल । रुपन्देही मिष्ठान्न तथा क्याटरिङ ब्यवसायी संघको १४ औं साधारणसभा बुटवलमा सम्पन्न भएको छ ।

साधारणसभाका वक्ताहरुले अबैध रुपमा संचालनमा रहेका मिष्ठान्न तथा क्याटरिङका कारण बैध ब्यबसायीहरु मर्कामा परेको बताएका छन् ।

कार्यक्रममा बोल्दै मिष्ठान्न तथा क्याटरिङ ब्यबसायी महासंघका केन्द्रीय अध्यक्ष लिला बहादुर जिसिले अहिले आफ्नो ब्यबसायमा ५ वटा चुनौती रहेको बताउदै नेपालमा कर्मचारीको बिभेदकारी नीतिले आफ्ना ब्यबसायमा बिनाकारण सटर बन्द भएको भन्दै सबैलाइ समान ब्यबहार गर्न नापतौल, गुणस्तर बिभागका कर्मचारीहरु लाइ आग्रह गरे ।

घरबहाल,कर नीति,अबैधानीक चलेका ब्यबसाय, सामाजिक सुरक्षा कोष, लगायतका चुनौची सामना गर्नका लागि संस्थागत ढंगले लाग्नुपर्ने र त्यसका लागि ब्यबसायीहरु एकढिक्का हुनुपर्ने बताए ।
रुपन्देही मिष्ठान्न तथा क्याटरिङ ब्यवसायी संघका अध्यक्ष तथा प्रदेश ५ का संयोजक लक्ष्मण पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्यहरु राजेश सुबेदी, रबिनद्र श्रेष्ठ, सचिब बलराम पौडेल, प्रदेश ३ का संयोजक कृष्णप्रसाद पाण्डे ४ का संयोजक केपी शर्मा, जिल्लाका महासचिब कृष्णप्रसाद सापकोटा लगायतले बोल्दै ब्यबसायीक एकताको कामना गरेका थिए ।

सो अबसरमा नया सदस्यता प्रमाणपत्र तथा रक्तदानमा सहभागि भइ योगदान गरेकाहरुलाइ पनि सम्मान गरिएको थियो भने अध्यक्ष पोखरेल र कोषाध्यक्ष बलराम पौडेलको प्रतिबेदन समेत पारित गरिएको छ ।