मोफसल प्रचारमा ‘रणवीर’ टिम

९ माघ, बुटवल । फिल्म ‘रणवीर’ ले रिलिज मिति नजिकिदै गर्दा मोफसल टुरलाई अगाडी बढाई रहेको छ । माघ १८ गतेबाट प्रदर्शनमा आउने फिल्मले मोफसल टुर अन्तर्गत बुधबार चितवनका सञ्चारकर्मीसँग भेटघाट गरेको छ ।

फिल्मका निर्माताद्वय गोमा बिष्ट थापा र दिपेन्द्र रेग्मी, कलाकारहरुमा नरेश पौडेल, सुशील सिटौला, सुबेक्षा खड्काले सञ्चारकर्मीसँग साक्षात्कार गरेका हुन् । सुशीललाई नै रणवीर बनाउनुको कारण र सुबेक्षाले डेब्यु फिल्म रणवीर नै रोज्नुको कारण बारे स्थानीय सञ्चारकर्मीले जिज्ञाषा राखेका थिए ।

साउथ इण्डियन फिल्म टिममा समेत काम गरिसकेका गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा टिका पहाडी, रवी गिरी, शैलेश्वरी सिंह, जगदीश रिजाल, बसन्ती भट्ट लगायतको पनि अभिनय रहेको छ । सन् २०१२ कि मिस इन्टरनेशनल सुबेक्षा खड्का पनि यसै फिल्मबाट डेब्यु गर्दै्छिन् ।

 

फिल्मका रणवीर अर्थात सुशील सिटौलाले आफुले कडा मेहनत गरेको बताए । फिल्मको ट्रेलरलाई साहिल खानले तयार पारेका हुन् । फिल्मलाई प्राची फिल्म्स र डिआर फिल्मको ब्यानरमा गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा माया, मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको छ । यसमा कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने , गम्भीर विष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।