मेहेनतीमा रक्तदान कार्यक्रम सम्पन्न

अस्मिना पाण्डे

२० पुस, बुटवल । मेहेनती बचत तथा ऋण सहकारी संस्था लि. बुटवल रुपन्देहीको ९औँ स्थापना दिवसको अवसरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

ट्रेड यूनियन महासंघ जिफण्ट प्रदेश नं.५ कार्यालय भवनको सभाकक्ष बुटवलमा भएको रक्तदान कार्यक्रममा २८ यूनिट रगत सङ्कलन भएको रक्तदान कार्यक्रमका संम्योजक छविलाल शर्माले जानकारी दिए ।

रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्रबिधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा वरिष्ठ ल्याव टेक्निसियन राधा शर्मा, ल्याव टेक्निसियन रक्षा गुरुङ र हे.अ. अपार शर्मा , सचिव हरि बहादुर कार्की, कोषध्यक्ष कृष्ण प्रसाद भट्टराई , रक्तदान कार्यक्रमका संयोजक सदस्यहरु देवी पाण्डे, ठाकुर प्रसाद गैरे, दिपक ज्ञवाली, संस्थाका मुख्य–व्यवस्थापक दुर्गादत्त सिग्देल लगायतको उपस्थिती रहेको थियो ।

सहकारीले बिभिन्न कार्यक्रममको आयोजना गरि स्थापना दिवस मनाउन लागेको संस्थाका अध्यक्ष नारायण प्रसाद भट्टराईले जानकारी दिए ।