बैंकीङ्ग एक्स्पोको तयारी पुरा

१० माघ, बुटवल । वित्तीय जागरण राष्ट्रिय अभियान र मिडिया ईन्टनेनशलको आयोजनामा बुटवलमा यहि माघ ११ र १२ गते बुटवलमा हुने बैंकीङ्ग, विमा र पुजीबजार सम्बन्धी प्रर्दशनीको तयारी पुरा भएको छ ।

बुटवलको कालिकानगरमा रहेको बुटवल कालिका क्याम्पसमा आयोजना हुने बैंकीङ्ग मेलाको तयारी पुरा भएको आयोजक संस्था मडिया ईन्टरनेशनले विहिबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।

अध्यक्ष माधव निर्देशका अनुसार मेलामा विभिन्न अन्तरक्रिया कार्यक्रम आयोजना गरिनुको साथै बैंक, विमा तथा पुँजी बजार सम्बन्धी सम्पुर्ण जानकारी गराईने छ । ४० वटा विभिन्न बैंक, वित्तीय संस्था र शेयर कारोबार गर्ने पुँजी बजार सम्बधी संस्थाहरुको सहभागीता हुने छ ।
डेभलपमेन्ट बैंकर्स एशोसीयसनका केन्द्रीय उपाध्यक्ष प्रकाश पौडेलले यस्तो प्रकृतिको मेलाले बैंक तथा वित्तीय क्षेत्र चलयामान बनाउन मुख्य भुमिका खेल्ने बताएका थिए ।

११ गते बुटवलको ट्राफिक चौक बाट वित्तीय साक्षरता ¥याली कालिकानगरमा रहेको कालिका क्याम्पसमा गएर समानपन हुने छ । मेलाको नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरन्जीवी नेपालले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।