बुटवलमा राष्ट्रिय गणित सम्मेलन शुरु, गणितको स्पष्ट स्टक्चर निर्माण गर्न राज्यसंग माग

२८ पुस, बुटवल । बुटवलमा पहिलो पटक राष्ट्रिय गणित सम्मेलन देखि सुरु भएको छ । आज देखि माघ १ गतेसम्म संचालन हुने सम्मेलनको औपचारिक उद्घाटन भने भोलि ५ नंम्वर पाँचका सामाजिक विकास मन्त्री सुदर्शन बरालले गर्नेछन् ।

नेपाल गणित समाजको आयोजनामा चार दिनसम्म सञ्चालन हुने उक्त सम्मेलनको पहिलो दिन आज त्रिभुवन विश्वविद्यालयका गणित विषयका प्राध्यापकहरुको सहभागितामा बुटवल बहुमुखी क्याम्पसमा कार्यशाला गोष्ठी सम्पन्न भएको भने भोली, पर्सि र माघ १ गते बुटवलको एभिन्यू होटलमा खुला र बन्दशत्र हुने प्रचार संयोजक तुल्सी प्रसाद सापकोटाले जानकारी दिए । देशभरका दश जोड दुइ तथा क्याम्पसहरुबाट करिब २५० गायिताबिज्ञहरु कार्यक्रमका लागि अहिले बुटवलमा छन् ।

अतिनै विशिष्ट र गाह्रो विषयको रुपमा लिइने गणित विषय सर्वव्यापी भएर पनि लोकपृय र सरलीकृत बन्न नसक्नुका पछाडिका कारणहरु खोतल्ने, गणित पठनपाठनलाई तल्लो तहबाटै अवधारणागत रुपमा स्पष्ट पार्दै गणितप्रतिको दृष्टिकोणमा परिवर्तन गर्ने उद्देश्यले उक्त कार्यशालाको आयोजना गरिएको बताइएको छ ।

। उक्त कार्यक्रमहरुमा बिभिन्न गणितबिज्ञहरुले ३ समानान्तर कार्यक्रमहरुमा कार्यपत्र प्रस्तुत गर्ने स्थानीय व्यवस्थापन समिति संयोजक गोपाल प्रसाद आचार्यले बताए । आचार्यका अनुसार सम्मेलनमा नेपालभरीका १ सय भन्दा बढी गणितज्ञहरुले गणित, विज्ञान, गणित शिक्षण तथा गणित–विज्ञानमा हाल भएका अनुसन्धानहरुसँग सम्बन्धित कार्यपत्रहरु प्रस्तुत गर्ने कार्यक्रम छ ।

 

कार्यपत्रमा छलफल गरी ठोस निष्कर्ष समेत निकालिने छ । कार्यक्रममा विभिन्न सेक्सनहरुमा दिल्ली तथा मेरठ विश्वविद्यालयबाट आउने गणित विषयका प्राध्यापकहरुले समेत आफ्ना प्रस्तुतीहरु राख्नेछन् ।

स्पष्ट स्टक्चर निर्माण गर्न राज्यसंग माग

आयोजकले आजै बुटवलमा पत्रकार सम्मेलन गर्दै राज्यले गणित बिषयलाइ सम्मान गर्न नसकेको आरोप लगाउदै आउने शैक्षिसत्र भित्रमा स्पष्ट स्टक्चर निर्माण गर्न आग्रह गरे । सो अबसरमा समाजका केन्द्रिय सभापति चेतराज भट्ट,कन्हैया झा, प्रकाशमणी बज्राचार्य, गोपाल प्रसाद आचार्य, तल्सी सापकोटा, जीवन काफ्ले, जगदीश ज्ञवाली लगायतले बोलेका थिए ।

राष्ट्रिय सम्मेलनको सहआयोजकको रुपमा त्रिभुवन विश्वविद्यालय, महेन्द्र संस्कृत विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय तथा नेपाल सरकार सामाजिक विकास मन्त्रालय प्रदेश नं ५ रहेका छन् ।