बिएम डब्लुका बाईक बुटवलमा

१३ माघ, बुटवल । जर्मन कम्पनी बिएम डब्लुको टु ह्वीलर बुटवलमा भित्रिएको छ ।

युवा बर्गलाई लक्षित गरि बिएमडब्लु मोटाराड बुटवलले दुईपाग्रे सवारी साधनहरु भित्राएको हो । बिएमडब्लु जि ३१० आर र बिएमडब्लु जि ३१० जिएस मोडेलमा दुई प्रकारका बाईकहरु अहिले बुटवलमा भित्राएको संचालक अनुभवमान सैजुले बताए ।

रिर्भस ईन्क्लाईन ईन्जिन, एन्टीलक ब्रेकिङ्ग सिस्टम, लुक्स समेत आर्कषित रहेको उनले बताए । बाईक ३ सय १३ सिसिका बाईक अहिले भित्रेको हो । बाईकहरु ९ लाख ५० हजारदेखि लिएर ११ लाख १५ हजारसम्मका मुल्य छन ।

प्रदेशस्तरमा नै बुटवलमा कार्यालय रहने गरि विक्रीपछिको स्पेयर र सर्भिसिङ्गको सेवासमेत दिईने सुमोधमान सैजुले बताए । नेपालका लागि आधिकारीक विक्रेता टर्क मोर्टस ट्रेडिङ्ग प्रालिले बिएमसीका सवारीसाधन भित्राएको हो ।