बसन्तको नेतृत्वमा बुटवल युनाईटेड क्लव

२८ पुस, बुटवल । फुटबल खेलमा अग्रसर बुटवल युनाईटेड क्लबमा बसन्तसिह थापाको अध्यक्षतामा सर्वसम्मत १५ सदस्यीय नया नेतृत्व चयन भएको छ ।

शनिबार भएको अबिधेसनले क्लबको वरिष्ठ उपाध्यक्ष खेम बहादुुर गुरुङ्ग, उपाध्यक्ष हरि पोखरेल केसी, उपाध्यक्ष प्रज्वल श्रेष्ठ, सचिव हिमाल गौचन, सहसचिव राहुल कशौधन, कोषाध्यक्ष सुरज थापा, सदस्यहरुमा रेशम रेग्मी, सन्जय कार्की, प्रविण पाण्डे, उत्तम श्रेष्ठ, अभिषेक गुप्ता निर्वाचित भएका छन । यसैगरि क्लबको सहकोषाध्यक्ष र दुई महिला सदस्य अर्को बैठकले मनोनित गर्ने भएको छ ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष थापाले खेलकुदसंगै सामाजिक गतिविधिमा समेत क्लबलाई अग्रसर गराउने बताए । कार्यक्रममा क्लबका अध्यक्ष राजु पौडेल, सचिव हिमाल थापाले जिल्लामा धेरै संस्थाहरु भएपनि आफनो गतिविधिका कारण छुट्टै पहिचान बनाउन सफल भएका बताए ।

ईन्टर स्र्पोटस क्लबका होम क्षेत्रीले जिल्लामा हुने अधिकाश खेलकुद प्रतियोगिताका कारण पहिचान बनाएको भन्दै क्लबहरु दीर्घकालिन सोच र योजना बनाएर अघि बढ्न सुझाव दिए ।