बर्दियामा एक महिलाको विभत्स हत्या, श्रीमानसहित ३ जना पक्राउ

२४ पुस, बर्दिया । बर्दियाको गुलरियामा एक महिलाको विभत्स हत्या भएको छ । गुलरिया नगरपालिका वडानम्वर —५ कृष्णसार टोल स्थित आफ्नै घरमा घरेलु हतियारको प्रयोग गरि २४ बर्षकी सुष्मा कुँवरको गए राति हत्या भएको हो ।

हत्यामा संलग्न भएको आरोपमा प्रहरीले मृतककै पति ३५ बर्षीय मोहन बोहोरालाई पक्राउ गरेको छ । स्थानीयका अनुसार घरपरिवारले मृतक कुँवरलाई अत्यन्तै यातना दिने गरेको वताएका छन् । हत्याको आरोपमा पक्राउ भएका बोहोरा नेपाली सेनाको सिपाही पदमा कार्यरत भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

उनि हिजो साझँ करिब साढे ९ बजे तिर मात्र घर पुगेका थिए । राती ११ बजे तिर घरमा झगडा भएको आवाज चिच्याएको आवाज आएपछि छिमेकी आफु जान डराएर प्रहरीलाई खबर गरेका थिए । प्रहरीको गाडी देखेपछि अभियुक्त प्रहरीलाई छलेर भागेको र प्रहरी तथा स्थानीय वरपर खोज्दा फेला नपरेको तर करिब ४ घन्टामै गुलरिया नगरपालिकाको खैरापुर एरियामा भागि रहेको अबस्थामा प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

घटनामा परिवारका अन्य सदस्यको समेत संलग्नता भएको हुन सक्ने भएको भन्दै स्थानीयले बिरोध गरेपछि प्रहरीले मृतकका सासुरा टिकाराम बोहोरा र सासु दिज्जु बोहोरालाई समेत पक्राउ गरि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरीकार्यालय बर्दियाका प्रहरी उपरिक्षक सुरेन्द्र प्रसाद मैनालीले जानकारी गराउनु भएको छ ।

पतिले नै हत्या गरेको स्विकार गरिसकेको प्रहरीको भनाई छ । मृतकको लाशलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल बर्दियामा राखिएको छ । अभियुक्त तथा मृतकका दुई छोरा छन् ।

अहिले स्थानियबासीले आज दिनभर जिल्ला प्रहरी कार्यालय परिसरमा धर्ना दिएका थिए ।